बाजुरा : नेपाल कम्यूष्टि पार्टी (नेकपा) का नेता सहदेश बोगटीले विश्व समुदायलाई परेको संकट समाधान फुटले नभई जुटले मात्र गर्न सकिने बताएका छन् । आपसी एकता, एक्यवद्धता र सहकार्यले मात्र कोरोनासँगको लडाइमा जित हासिल हुने भएकोले यसमा सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
नेता बोगटीले कोरोना संक्रमणको जोखिम कम गर्ने विषयमा सफल रहेको दाबी गरेका छन् । रेडियो बाजुराको कोरोना विरुद्धको संवाद र सहकार्यमा बोल्दै बोगटीले छिमेकी देश र विश्वकै महाशक्ति राष्ट्रको अगाडि नेपालले धेरै राम्रो व्यवस्थान गरेर सफल देखिएको बताएका छन् ।
श्रोत साधान र सिपयुक्त प्रर्याप्त विज्ञता हासिल गरेका स्वास्थ्य कर्मीको अभावका बीच पनि सरकारले लकडाउन देखि अन्य सीमा नाका बन्द गरेर गरेको तयारी र व्यवस्थापन निकै प्रशनीय रहेको बताएका छन् । बोगटीले सरकारको नीतिलाई पूर्ण पालना गर्न जनतालाई आग्रह समेत गरेका छन् ।
संकटमा अध्यादेश जारी गर्नु उपयुक्त समय नभएकोले यसमा सोचेर फिर्ता गर्न उपयुक्त हुने बताएका छन् । पार्टी भित्रैबाटै प्रधानमन्त्रीलाई सहयोग भएन भन्ने कुरामा कुनै सत्यता नभएको बोगटीको दाबी छ । दुबै अध्यक्षबीचको आपसी सहकार्य र एकता अहिलेको अवस्थामा बढी आवश्यक रहेको बताएका छन् ।
सहयोग लिने र दिने दुबै अध्यक्ष बीच सहकार्य हुन जरुरी रहेकोले यसमा कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोख्नुको अर्थ नरहेको बताएका छन् । पार्टी फुट्ने कल्पना नै गर्न नसकिने भन्दै बोगटीले तपाई हाम्रो चाहनाले जुट्ने र फुट्ने नभएकोले अनावश्यक टिप्पोणी नगर्न सुझाव दिएका छन् ।
पार्टी एकता पनि दुबै अध्यक्षले चाहेर नै भएको हो, पार्टी फुट्ने र जुट्ने कुरा पनि उहाँहरुकै चाहनामा भर पर्ने विषय भएकोले बैठक हुने, छलफल हुने र सामाजिक सञ्जालमा भित्ता रंगिने विषयले खासै महत्व नराख्ने बताएका छन् । बोगटीले पार्टीले पाँच वर्षसम्म ओली नेतृत्वमा नै सरकार चल्ने र पार्टी मजबुद भएर जानेमा ढुक्क हुन आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस