कक्षा सातमा महिनावारी हुँदाको मेरो अनुभव र ढिलो महिनावरी हुँदा गलत धारणा राख्यो म माथि

महिनावारी के हो ?

सन्तोषी रावल    

कक्षा सातमा महिनावारी हुँदाको मेरो अनुभव र ढिलो महिनावरी हुँदा गलत धारणा राख्यो म माथि

सन्ताेषी रावल

महिला किशोरावस्थामा प्रवेश गरेदेखि गर्भवती नहुँदासम्म हरेक महिना योनीबाट ५ दिनसम्म रगत बग्छ, यो नै महिनावारी हो । यो महिला हुनुको विशेषता पनि हो । यसले महिलालाई परिपक्व भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्दछ । तर महिनावारी हुुनुलाई शुदूरपश्चिम लगायत अन्य जिल्लामा पनि  हेर्ने दृष्टिकोण फरक रहेको छ ।

महिनावारी कुनै पाप होइन, महिलाको शरीरको बनोटमै बायोलोजिकल्ली प्राप्त भएको वरदान हो । यो क्रम प्राकृतिकरूपमा सकारात्मक र मानव विकास तथा विस्तारका लागि नभई नहुने पक्ष हो । यदि महिला र पुरुषबीचको अन्तर यति थिएन भने कसरी सन्तान जन्माउने र सृष्टि गर्ने ?

यिनै विषयवस्तुलाई विश्वले स्वीकारेर महिनावारी भएका बेला महिलालाई आराम गर्न, स्वस्थ खानेकुरा खाने जस्ता विषयमा जोड दिइरहेको अवस्थामा नेपालको विषेष गरी शुदुरपिश्चममा भने पोसिलो खानेकुरा खान मात्र होइन छुन घर नजिक वस्न समेत प्रतिबन्ध लगाई कतिपय स्थानमा छाउगोठमा राख्ने प्रथा अझै कायम छ । 

यसले गर्दा कयाैँ महिला किशोरी हरुले अकालमै ज्यान गुमाउनु परेको छ । महिनावारी भएको वेलाको पिडा पनि छुट्टै हुन्छ । कतिपय किशोरी हरुले शहन नसकि अकाल मै ज्यान गएको छ भने कतिपय महिला किशोरी कमजोर भएर वस्न वाध्य भएकि छन् । जतिवेला राम्रो सुरक्षित ठांउमा वस्नु पर्ने थियो, पोशिला खानेकुरा खानु पर्ने थियो त्यतिवेला सुख्खा रोटि खाएर एक सर्को कपडामा पांच दिन सम्म वस्नु पर्ने वाध्यता अहिले सम्म पनि विद्यमान छ । 

कसरी निम्तियो त यो अवस्था ?

  1. मेरो विचारमा पहिलो कुरा परम्परागत देखि यो कुप्रथा चलेको हुंदा
  2.  अशिक्षा, जनचेतनामा कमि 
  3.  धार्मिक आस्था ले गर्दा 
  4.  घरको वनावट सानोले गर्दा  
  5.  यो विषयमा महिलाहरुले जति ज्ञान सिप सिकाए पनि घरमा वाजे वजै वुवा भाइ दाइ कसैलाइ पनि चेतना नदिएर पनि हुन सक्छ यो महिनावारी शिक्षा मानव जाति महिला पुरुस सवैलाइ दिन जरुरी छ जस्तो लाग्छ । 

कक्षा–७ मा पढ्दाको मेरो अनुभव   
मेरो महिनावारी म कक्षा ७ पढ्दा नै भएको हो । मेरो पहिलो महिनावारी हुने वेला म आफै अचम्म भएर लाज पनि सारै लागेको थियो । कसैलाइ भनम भने नि लाज भित्र जाम भनेनि मेरो घरका मान्छेलाइ अनि म आफैलाइ केहि हुने हो कि भन्ने डर म विहानको समयमा मिन्स भए स्कुल जाने वेला पनि भएको थियो म संगै एउटा दिदि, एउटा वहिनि  वुवा पनि त्यहि स्कुलमा पढाउनु हुन्थ्यो, र हामी संगै खाना खाएर स्मुलमा  संगै जान्थ्यौं । अनि म महिनावारी भएको थिए तर मैले कसैलाइ पनि भनेको थिएन । वत्ति गएको थियो त्यसैले दिदि र वैनि वाहिर आएर कपाल कोर्दे थिइन मलाइ चैं जांगर नै आको थिएन र केहि वेर पछि अफ्ठेरो मानि मानि  वैनि लाइ ड्रेस लिएर आ भने उस्ले मानिन आफै भित्र जाने पनि आंट आएन मात्र रुन मनलागेको थियो । 

वैनिलाइ फेरी भने ड्रेस लिएर आइजा भनेर उस्ले रीसाइ रीसाइ मेरो ड्रेस लिएर आइ र सवै भित्र गएर खाना खान थाले आमाले खाना पस्किदै हुनु हुन्थ्यो । र वैनि, दिदि, वुवा, खाना खाना थाल्नु भयो । र म वाहिर एउटा सानो छाना थियो त्यंहा वसे र आमा ले जोरले वोलाउनु भयो स्कुल जान ढिलो भएन र खाना खान आइजा भन्नु भयो र मैले अझै भन्न सकिन र फेरी वैनि लाइ वोलाउन पठायो र मैले रुदै भने म भित्र जादैन खाना यहां नै लिएर आन भने अनि वैनि भित्र गएर सवै संग भन्यो दिदि त छाउभएकि रहेछ भनेर अनि आमा आउनु भयो झन भक्कानिदै रोए आमा ले भन्नु भयो यो त राम्रो कुरा हो फुल फुल्नु हो रुनुहुंदैन सवैलाइ यस्तै भएको हो भन्नु भयो र थोरै खाना खाएर स्कुलमा गए ।

 यो त महिनावारी सुरु हुँदाको हो अनुभव, महिनावारी ढिलो भएको हुँदा गलत धारण राख्यो म माथि 

म महिनावारी ठिक्कको मितिमा कहिल्यै भएन आदि महिना वढि भए एक महिना ढिलो हुन्थ्यो । र एक चोटी को पिरेड एउटा आन्टि संगै भएं आन्टि सधैं उहि टाइममा हुनुहुन्थ्यो । एक टाइमसंगै मिन्स भएका हामी अर्को टाइम आन्टि भएर फेरी अर्को पालो आइए सक्योृ मेरो पिरेड नै भाको थिएन अनि आन्टिले मलाइ भन्नु भयो किन हो म त दुइ चोटी भैसके तं भएकै छैन कतै भनेर गलत सोच राख्नु भयो । र त्यो वेला मलाइ केहि कुराको थाहा पनि थिएन र इन्ट््रस पनि थिएन मैले सोच्दै नसोचेको कुरा उहांले गलत नजरले हेर्नु भयो र मलाइ पनि सारै तनाव भयो कतै मेरो घरमा पनि यस्तै गलत त सोचेको छैन , म गलत त थिएन तर उहां हरुले त्यसो भन्दा मलाइ डर लागी रह्यो त्यो कुरा सहन नसक्दा भोलि पल्ट महिनावारी त भएको थिएन र खालि भएं भनेर पांच लिन सम्म वाहिर वसे दिनै खोलामा नुहाउन गएं जुन दिन आज पांच लिन भयो म नुहाएर भित्र जान्छु सोच्दै थिए खोलामा नुहाउदै थिए त्यहि दिनमा म मिन्स भए खव मलाइ झन तनाव भयो के गरौं कसो गरौं भयो फरी महिनावारी हुंदा मेरो पेट दुख्थ्यो, नुहाएर घरमा आए प्याड हाले भित्र जान अफ्ठेरो लागी रहेको थियो । तर गएं अव मलाइ पांच पांच लिनसम्म प्याड कंहा धुने कहां सुकाउने भयो र मैले सधैं प्रयोग गरेको प्याड एउटा खाल्डो खनेर त्यहि पुर्ने गरे डरै डरले पांच लिन कटाए ,मलाइ यसो भइरहदा कस्तो अनुभव भयो भने कोहि कसैलाइ केहि नहुने रहेछ । सफा सुरक्षित वस्यो भने केहि हुदैन रहेछ भन्ने अनुभव गरे 

तपांइलाइ मेरो अनुभव कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिकृया लेखेर पठाउनु होला धन्यवाद  



सोमबार ३१, जेठ २०७८ १२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.