बाग्मती प्रदेश सांसद एवं काँग्रेस नेता नरोत्तम वैद्यको मार्तडीमा पुत्ला दहन, कारवाही गर्न माग

नजिक न्युज संवाददाता    

बाग्मती प्रदेश सांसद एवं काँग्रेस नेता नरोत्तम वैद्यको मार्तडीमा पुत्ला दहन, कारवाही गर्न माग

बाजुरा : नेपाली कांग्रेसका नेता एवं बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको बाजुराको मार्तडीमा पुत्ला दहन गरिएको छ । युवा संघ र अनेरास्ववियुले मार्तडी स्थित लोकतान्त्रिक चोकमा पुत्ला दहन गरेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई नै ज्यान मार्ने अभिव्यक्ति दिएका वैद्यलाई कानुनी कारवाही गरिनु पर्ने माग सहीत पुत्ला दहन गरिएको हो । युवा संघका केन्द्रीय सचिव गणेश थापाको नेतृत्वमा युवा संघ र अनेरास्ववियुमा आवद्ध युवाहरुले सम्मानीय हल भित्र अनैतिक र अवैधानिक अभिव्यक्ति दिने वैद्यलाई हत्याराको संज्ञा दिएर कारवाहीको माग गरेका छन् ।

No description available.हत्यारा नरोत्तम वैद्य मुर्दावाद, चार तारा ज्यान मारा, हत्यारा वैद्यलाई गिरफ्टार गर, सांसद पद खारेज गर जस्ता नारा सहीत पुत्ला हदन गरेका हुन् । हत्या गर्ने अवैधनिक अभिव्यक्ति दिने वैद्यलाई कारवाहीको माग सहीत लोकतान्त्रिक चोकमा पुत्ला दहन गरिएको युवा संघका केन्द्रीय सचिव गणेश थापाले बताएका छन् । 

प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्तिप्रति आत्मालोचना गरेपनि सांसद पद खारेजी सहीत कारवाही गर्नु पर्ने माग रहेको अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले बताएका छन् । शुक्रवार प्रदेश सभा बैठकमा विवादास्पद अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सभा सांसद नरोत्तम वैद्यले हिजो आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए ।

वैद्यले प्रदेश संसद्मा बोल्ने क्रममा शुक्रवार ओलीको आलोचना गर्दै देश बचाउन ’कोही नाथुराम गोडसे आवश्यक परेको’ बताएका थिए “कोही नाथुराम गोडसे बन्न तयार छैन भने म ओलीका लागि बन्न तयार रहेको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए ।

भारतीय नेता महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने गोडसे जस्तै बनेर ओलीको हत्या गर्ने दिवा सपना नदेख्न युवा संघका केन्द्रीय सचिवालय सदस्य डेनिश शाहीले चेतावनी दिएका छन् । ओलीका लागि ज्यान लिन र दिन तयार हुने बताएका युवाहरुले कानुनी कारवाही गर्न राज्य तयार नभए युवा संघ र अनेरास्ववियु तयार रहेको बताएका छन् । 

No description available.



आइतबार ३०, जेठ २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.