बाजुराका युवाले गरे मन्त्री शाह र सोराडीको विरोध

नजिक न्युज संवाददाता    

बाजुराका युवाले गरे मन्त्री शाह र सोराडीको विरोध

बाजुरा : बाजुराका युवाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री प्रकाश शाह र दिर्घ सोराडीको विरोध गरेका छन् । भौतिक पूर्वाधार मन्त्री दिर्घ सोराडीको कार्यकक्ष भित्रै कामका लागि पुगेका नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावल माथि गरिएको आक्रमणको विरोध गरेका हुन् । 

No description available.हालमा प्यले कार्ड सहीत मौन विरोध गरेका हुन् । नेकपा एमाले निकट युवा विद्यार्थीले सांकेतिक विरोध गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष राजीव रोकायाले बताएका छन् । जिल्ला अध्यक्ष रोकाया, युवा संघका केन्द्रीय सदस्य डेनिश शाही सहीतका युवाहरुले जिल्लाका विभिन्न स्थानमा विरोध जनाएका हुन् ।

नेकपा एमालेले टिकट दिई सूर्य चिन्हबाट चुनाव लडेर जितेका प्रकाश शाहले पार्टी र जनताको मत माथि घात गरेकोमा युवाहरुले मौन विरोध गरेका छन् । बाजुरा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश शाहको गृह जिल्ला हो ।

चुनाव चिन्ह् सूर्य, पार्टी एमाले थिएन कि थाह, पदका कति लोभि रैछौं कठै प्रकाश शाह, कहिले खरिद घोटाला, कहिले महिला हिंसा, अहिले आफ्नै नेतामाथी हातपात, दामरेड दिर्घ सोडारी ज्यु, कठै  तिम्रो नैतिकता ! एमाले हुन सकेनौं नेता बन्यौ गुटे, कमिशन र पद भए पुग्ने रैछ, विधी विधान लुटे जस्ता नारा लेखिएका प्ले कार्ड सहीत युवा विद्यार्थीले विरोध गरेका हुन् ।

No description available.बाजुराबाट चुनाव जितेर गुटको पछि लागेको, बाजुराको एमालेजनको चाहना विपरित पदको आशमा पार्टीलाई घात गरेकोमा आपत्ती जनाएका छन् । केही युवाले सामाजिक सञजालमा प्रकाश शाहलाई बाजुरा आउँदा बहिष्कार गर्नु पर्ने आक्रोश पोखेका छन् । 

May be an image of 5 people, including Danish Shahi Thakuri and Aarsi Xetri, people standing and outdoorsपार्टीको नीति निर्देशन विपरित गुटमा लागेको र बाजुराली जनताको जनमतको अपमान गरेको आक्रोश शाहप्रति युवाहरुको छ । भने सोराडीले गुटे मन्त्री बनेर कार्यकक्षमा आएका नेतालाई जंगली स्वभाव सहीत हातपात गरेकोमा आपत्ती जनाएका छन् । 

May be an image of 1 person, standing and outdoors



मङ्गलबार २५, जेठ २०७८ ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.