नेपाल समूहको साथ छाडेर सांसद रेग्मी ओली पक्षमा फर्किए !

नजिक न्युज संवाददाता    

नेपाल समूहको साथ छाडेर सांसद रेग्मी ओली पक्षमा फर्किए !

बाजुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले एमाले नेपाल समूहको साथ छोडेका छन् । उनले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरे । बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिन्थे ।

रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या सात पुगेको छ ।

मुख्यमन्त्रीको विपक्षमा एमालेका सात सांसदले मतदान गरेका थिए । यस प्रदेशमा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिएका छन् । 



मङ्गलबार २५, जेठ २०७८ ०३:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.