घोरलको दुधे बच्चा वन कार्यालयकै छेउमा आएपछि...

नजिक न्युज संवाददाता    

घोरलको दुधे बच्चा वन कार्यालयकै छेउमा आएपछि...

बाजुरा : बाजुरामा जंगली जनावर घोरलको बच्चा भेटिएको छ । हिमाली बाख्राको रुपमा चिनिने जंगली जनावर घोरलको बच्चा जिल्ला सदरमुकाम मार्तस्थित वन डिभिजन कार्यालयको छेउँमै भेटिएको हो ।  

जिल्ला वन डिभिजन कार्यालयको छेउमै आएर कराएपछि के रहेछ भनेर हेर्दा जंगली जनावर घोरलको सानो बच्चा रहेको जिल्ला वन डिभिजन कार्यालय बाजुराका सुचना अधिकारी राजन कुवरले बताएका छन् ।    

घोरलको सानो बच्चा जंगलबाट हराएर यहाँसम्म आइपुगेकोे अनुमान गरिएको छ ।  सो मृगलाई डिभिजन वन कार्यालयले संरक्षण गर्न नियन्त्रणमा लिएको छ । उक्त घोरलको बच्चा सानो भएकाले घाँस नखाने र दुध मात्रै खाने भएको सुचना अधिकारी कुवरले बताए ।               

कुवरले भने सो घोरलको सानो बच्चा अहिले जंगलमा छोड्दा हराउने र मर्ने हुन्छ, त्यसैले यसले अहिले दुध मात्रै खाने भएकोले जिल्ला वन डिभिजन कार्यालयमै संरक्षण गरिनेछ, घाँस खाने भइसकेपछि मात्रै जंगलमा लगेर छोडिने छ । 

बाख्राजस्तै देखिने भाले घोरलको सिङ हुन्छ । पोथी घोरलको भने सिङ हुँदैन । नेपालमा घोरलको संख्या प्रशस्तै रहेको छ । घोरल समुद्री सतहबाट ३ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा पाइन्छ ।



मङ्गलबार २५, जेठ २०७८ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.