विपन्न विद्यार्थीलाई राहत सहयोग

नजिक न्युज संवाददाता    

विपन्न विद्यार्थीलाई राहत सहयोग

काठमाडौ‌ : होस्टे हंसे, एण्ड गोलोबल कम्प्याक्ट नेपाल प्रालिले बझाङ र बाजुराका अति विपन्न ५० जना विद्यार्थीलाई खाद्यन्न सहयोग गरेका छन् । काठमाडौं पढ्न गई कोठा भाडामा बस्दै आएका अति विपन्न परिवारका विद्यार्थीलाई राहत स्वरुप खाद्यन्न सहयोग गरेको हो । 

सहयोग वापत प्रति व्यक्ति प्रतिब्यक्ती ५ केजी चामल, १ केजी दाल, १ पोका तेल, १ पोका नुन सहयोग गरेका हुन् । आफूसँग भएको पैसा सकिएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गरेको सयल सिंहले बताएका छन् । यस्तै १ केजि आलु,१० प्याकेट बिस्कुट पनि बाँडिएको हो । 

बझाङ र बाजुराका ५० जना विद्यार्थी बाहेक त्रिभुवन विश्व विद्यालय किर्तीपुर छात्राबासमा बस्दै आएका २० जना छात्रालाई पनि खाद्यन्न सहयोग गरेको प्रालिले बताएको छ ।

लक डाउनको समयमा सहयोग गरेको प्रति नेपाल विद्यार्थी संघले प्रालिलाई धन्यवाद दिएको छ । संस्थाले गरेको खाद्यन्न नेपाल विद्यार्थी संघको संयोजनमा वितरण गरिएको नेविसंघ त्रिवि इकाइ सभापति सम्झना केसीले बताएकी छन् । 



बुधबार ०३, बैशाख २०७७ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.