बाजुरा जिल्ला अस्पतालमा अक्सिजन कमीकै कारण मृत्यु हुने अवस्था आउँदैन : थापा

नजिक न्युज संवाददाता    

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन कमीकै कारण मृत्यु हुने अवस्था आउँदैन : थापा

बाजुरा : जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापाले अक्सीजन अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको बताएका छन् । कोरोनाकै कारण ज्यान गुमाउनु पर्ने अवस्था आएपनि संक्रमितलाई अक्सीजन कमीकै कारण मृत्यु हुने वातावरण आउन नदिने बताएका छन् ।

रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारसँग कुरा गर्दै थापाले बाजुरा जिल्ला अस्पतालको व्यवस्थापन र तयारी तत्कालको अवस्थालाई संवोधन गर्ने गरी व्यवस्थीत गरिएको बताएका छन् ।

जनशक्ति अभावकै कारण आइसीयु बेड र भेन्टीलेटर सञ्चालनमा आउन नसकेपनि त्यो बाहेकका सेवाको गुणस्तर सुविधासम्पन्न अस्पतालको भन्दा कम नभएको दाबी गरेका छन् । 

३ लाख मासिक सुविधा दिने गरी विज्ञापन गर्दा पनि जनशक्ति नभेटिएकोले समस्या भएको भन्दै अध्यक्ष थापाले कोरोना संक्रमणले थला परेका विरामीको उपचार सेवा उचित र गुणस्तरीय रहेको बताएका छन् ।

  चार जना चिकित्कको नेतृत्वमा चार टिम नियमित खटाइएको र उहाँहरुको खटनपटनमा कुनै गुनासो गर्ने ठाउँ नरहेको बताएका छन् । केही आन्तरिक विवादका विषयलाई सञ्चार माध्यमले बढाइचढाइ गरेपनि स्वास्थ्य कर्मीको मनोबल गिराउने कुनै गतिविधी हुन नदिने बताएका छन् ।

पीसीआर मेसिन प्रतिनिधी सभा सदस्य लालबहादुर थापाको अथक प्रयास पछि बाजुरा आइपुगेको नेकपा एमालेका सचिवालय सदस्य समेत रहेका थापाले बताएका छन् । मेसिन बाजुरा आइपुगेको छ, यो निकै ठूलो उपलब्धी हो, कोरोना बाहेक अरु रोगको चेकजाँचमा पनि यसले दीर्घकालिन महत्व राख्ने भन्दै थापाले सांसद थापाको कार्यलाई धन्यवाद दिएका छन् ।

स्वास्थ्य कार्यालय र प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम र व्यवस्थानमा खेल्नु पर्ने जति भूमिका निर्वाह नगरेको र ८० लाख बजेट पनि निकै ढिला गरि आएकोले तत्काल अक्सीजन पलान्ट सञ्चालनका लागि पहल भइरहेको बताएका छन् । 

वर्तमान सरकारको विरोध गर्नेहरु प्रति लक्षित गर्दै थापाले एक वटा एम्बुलेन्स समेत प्रबन्ध गर्न नसक्ने स्थानीय तहले अरुलाई दोष दिन नैतिकता समेत नरहने बताएका छन् । जिल्लामा एक वटा एम्बुलेन्स समेत व्यवस्थापन नगरिनु दुखत विषय भएको थापाको भनाई छ । 

थापाले जिल्ला अस्पतालमा अप्रर्याप्त भौतिक संरचनाका बीच पनि उचित व्यवस्थापन गरिएको र औषधीको कमी नभएको जानकारी गराएका छन् । थापाले राम्रो कामको समर्थन नगर्ने परीपार्टीले समाजमा निराशा फैलिएको बताएका छन् ।  



मङ्गलबार ०४, जेठ २०७८ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.