गाउँपालिकामा कुनै किसिमको विभेद छैन् : उपाध्यक्ष थापा

कसैले पनि भ्रममा नपर्न थापाकाे आग्रह

नजिक न्युज संवाददाता    

गाउँपालिकामा कुनै किसिमको विभेद छैन् : उपाध्यक्ष थापा

बाजुरा : गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिकामा अहिलेसम्म कुनै किसिमको विभेद नभएको बताएकी छन् । 

आज नजिक न्युजसंग कुरा गर्नु हुँदै उपाध्यक्ष थापाले पालिकामा काेराेना संक्रमित तथा अरु कसैलाइ पनि कुनै किसिकको विभेद नभएको बताएकी हुन । सामाजिक सञ्जालमा भ्रम फैलाएको कसैले पनि सहि नमान्न आग्रह गर्नुभएको छ ।  

गाउँपालिकामा हालसम्म कुनै खालका विभेद भएको छैन्, सहि सुचना थाहा नपाएर सामाजिक सञ्जालमा लखेको गलत भएको थापाले बताइन् । उपाध्यक्ष थापाले सम्पूर्ण जनतालाई गलत हल्ला पछाडी नजान आग्रह गरेकी छन् । जनताको सेवामा कटिवद्ध भएर लागेकी उपाध्यक्ष थापाले भ्रम सुचानाका पछाडी नजान बताएकी छन् । 

दोस्रो भेरियान्टका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसले अक्रान्त्र भएको बेला सबैले सहयोग गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा टिका टिपणी गर्नु भन्दा पनि सबैले आफ्–आफ्ना क्षेत्रबाट सहयोग गर्न उपाध्यक्ष थापाले अनुरोध गरेकी छन् ।
उनले  

पालिकामा अक्सिजन सहितको आइसोलेसन कक्ष समेत निमार्ण गरी कोरोना संक्रमित सबैलाई आइसोलेसनमा राखेको बताएकी छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले गाउँपालिकामा कोरोनाको उच्च जोखिक रहेकोले अक्सिजन सहित १५ बेडको आइसोलेसन स्थापना गरी संचालनमा ल्याइसकेको उपाध्यक्ष थापाले बताइन् ।   

यस्तै गाउँपालिकाकाको कार्यलय घटमुनामा (कोभिड १९) अस्थायी अस्पताल सञ्चालन सँगै बिरामी चेक जाँचदेखि अन्य उपचार सेवा सुचारु रहेको छ । कोरोना अस्थायी अस्पताल सँगै ओपिडि सेवा, ल्याब, र एक्सरे लगायतका सेवा सञ्चालन गरिरहेको छ । 



मङ्गलबार ०४, जेठ २०७८ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.