अक्सिजन सिलिन्डर खरिदका लागि यादवद्धारा १५ हजार भन्दा बढी सहयोग

नजिक न्युज संवाददाता    

अक्सिजन सिलिन्डर खरिदका लागि यादवद्धारा १५ हजार भन्दा बढी सहयोग

बाजुरा : अक्सिजन सिलिन्डर खरिदका लागि आरसी मेडिकल सञ्चालक रामचन्द्र यादवले आर्थिक सहयोग गरेका छन् । 

बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित बडमिालिका नगरपालिकामा आरसि मेडिकल सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक यादवले अक्सिजन सिलिन्डर खरिदको लागि १५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको हुन ।   

कोरोना भाइरसको दास्रो भेरियन्टले विश्व नै त्रसित भइरहेको बेला बाजुरामा पनि कोरोना भाइरस संक्रमण दैनिक दिन बढेको र जिल्ला कोरोनाको उच्च जोखिममा रहेको बेला अक्सिजन सिलिन्डर खरिदका लगि उक्त रकम सहयोग गरेको आरसी मेडिकल सञ्चालक रामचन्द्र यादवले बताएका छन् । 

अक्सिजन सिलिन्डर अभाव भएको बेला सिलिन्डर खरिदका लागि सबैले सक्ने जति आफ्नो ठाउँबाट सहयोग यादवले अग्रह गरेका छन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका उनले यस विषम परिस्थितिमा पनि कसैलाई पनि विभेद नगरि आफ्नो ज्यान जोखिममा राखि जनतालाई सेवा गरिरहेका छन् ।

त्यस्तै कारोना संक्रमण भई आइसोलेसनमा बसेका विरामीहरुलाई कुनै किसिमको असहजता नहोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको मेडिकल सञ्चालक यादवले बताए । उक्त रकम अक्सिजन सिलिन्डर खरिदका लागि अभियान चलाई रहेका सुरेन्द्र नाथलाई हस्तान्त्रण गरेको उनले बताए । 



मङ्गलबार ०४, जेठ २०७८ ०७:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.