राजेश पयालले गरे उखाडीका १० दलित परिवारलाई खाद्यान्न र औषधि सहयोग

नजिक न्युज संवाददाता    

राजेश पयालले गरे उखाडीका १० दलित परिवारलाई खाद्यान्न र औषधि सहयोग
राजेश पायल विक, पीडितलाइ खाद्यान्न र औषधि हस्तान्त्रण गर्नु हुदै, तस्बिरः प्रेम नेपाली

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका–९ उखाडीका १० जना दलित परिवारलाई राजेश पायल विकले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिएसंगै लकडाउन गरिएको छ ।  

लकडाउन भएपछि छाक विहान बेलुका टार्न मुस्किल भएका उखाडीका १० दलित परिवारलाई अनेरास्ववीयूु केन्द्रिय सदस्य तथा नेकपा (एमाले) बडीमालिका नगरपालिका–९ नम्बर वडा कमिटी अध्यक्ष समेत रहेका पायल विकले खाद्यान्न सहयोग गरेका हुन ।

राजेश पायल विक कलाकारिता क्षेत्रमा पनि उतिकै आवद्ध छन् भने उनी पछिल्लो समय गरिव दिन दुखिका पीडामा पनि मलम लगाउन थालेका छन् । सामाजिक सेवामा कटिवद्ध भएर लागेका पायल विक यो विषम परिस्थितिका बेला पनि गरिब विपन्नलाई सेवा गरिरहेका छन् । 

उखाडीका १० दलित परिवारलाई आज खाद्यान्न र स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको पायल विकले बताएका छन् । उनले पहिलो महामारीका रुपमा फैलिएको अधिल्लो वर्ष आफ्नो घरमा भाडामा बसेका उनीहरुलाई एक महिना घर भाडा फेरी गरेका थिए ।

गरिब विपन्नको सेवाका लागि अझै पनि लागि रहेने राजेश पायल विकले बताएका छन् । यो दोस्रो भेरियन्टका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण समस्यामा परेका गरिब विपन्नका लागि अझै सहयोग गर्ने उनले बताए ।



मङ्गलबार ०४, जेठ २०७८ ०२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.