बाजुरा जिल्ला अस्पतालमा सहकर्मीबाटै दुर्व्यवाहारको आरोप, २ जनालाई स्पष्टीकरण सोधियो

नजिक न्युज संवाददाता    

बाजुरा जिल्ला अस्पतालमा सहकर्मीबाटै दुर्व्यवाहारको आरोप, २ जनालाई स्पष्टीकरण सोधियो

बाजुरा : उपचारमा खटिएका चिकित्सक स्वास्थ्य कर्मीको टोली माथि नै हातपात तथा दुव्र्यवाहार गरिएको छ । जिल्ला अस्पतालको आकस्मीक कक्षमा उपचारमा खटिएका चिकित्सकको टोलीमाथि सहकर्मीबाटै हातपात र दुव्र्यवाहार भएको छ ।

मदिरा सेवन गरी आएका सिअहेव नृपराज गिरी र कम्प्यूटर अपरेटर मानबहादुर हमालले चिकित्सकको टोली माथि हातपात सहीत गालीबेइजती गरेको अस्पताल श्रोतले बताएको छ । गिरीले यस अघि निमित्त कार्यालय प्रमुख भएर काम गरिसकेका हुन् । 

डाक्टर शेर बहादुर साँउदलाई आकस्मिक कक्षमा विरामीको उपचार गरिरहेका बेला गिरी र हमालले मदिरा सेवन गरी दुव्र्यवाहार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । व्यक्तिगत विषयलाई लिएर कार्यालय हाताभित्रै मदिरा सेवन गरि दुव्र्यवाहार गर्ने दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मदिरा सेवन गरी दुव्र्यवाहार गर्ने गिरी र हमालाई नियन्त्रणमा लिई मदिरा अन्र्तगतको कारवाही पछि जिल्ला अस्पतालकै जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् । 

डाक्टर शेरबहादुर साउँद माथि दुव्र्यवाहार गरिएपनि कार्यालयकै कर्मचारीबाट आफुहरु असुरक्षित रहेको तीन जना चिकित्सले प्रशासन कार्यालयमा गुनासो गरेका छन् । कोविड विरुद्धको लडाइमा जुटिरहेपनि अस्पताल प्रशासन र व्यवस्थापन समितिबाट धम्की र दूव्र्यवाहार सहनु परेको गुनासो चित्किसकको छ । 

डाक्टर शेरबहादुर साउँद, डाक्टर गौरव आचार्य र डाक्टर दिपेन्द्र बुढाले आफूहरुलाई काम गर्ने वातावरण नभएको प्रमुख जिल्ला अधिकारीलाई उजुरी गरेका छन् । रातदिन नभनि उपचारमा खटिदा तल्लो तहको प्रशासनको कर्मचारी र व्यवस्थापन समितिबाट असहयोग र अपमान सहनु परेको आरोप उहाँहरुको छ ।

कार्यालय प्रमुख राख्ने विषयलाई लिएर भएको विवादका बीचमा आफूहरुलाई राखेर काम गर्ने वातावरण नै नदिएको, सुविधा कटौति गरिएको र तल्ला तहको कर्मचारीबाट पनि करारको हो भन्दै अपमान सहनु परेको आरोप चिकित्सकको छ ।

यता स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष भरत थापाले कार्यालय भित्र सहकर्मी बीच केही विषयमा कुरा नमिलेको हुन सक्ने बताएका छन् । थापाले कोविडको उपचारमा खटिएका सबै स्वास्थ्य कर्मीलाई हौसला र थप सुविधा दिन व्यवस्थापन समिति तयार रहेकोले आफूहरुबाट कुनै कमीकमजोरी नभएको दाबी गरेका छन् ।

कार्यालय प्रमुख डाक्टर प्रकासराज जोशीले ड्यूटीमै खटिएका चिकित्सक माथि दुव्र्यवाहार गरेकोले २४ घण्टा भित्र दिने गरी लिखित स्पष्टीकरण सोधिएको बताएका छन् । कार्यालय भित्रकै समस्या भएपनि कमजोरी गर्नेलाई कारवाही गरिने जोशीको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पनि घटनाको प्रकृति हेरेर समाधान निकाल्ने बताएका छन् । जिल्ला अस्पताल श्रोतका अनुसार दुबै जना माथि कारवाही प्रक्रिया अघि बढाईएको बुझीएको छ ।  



आइतबार ०२, जेठ २०७८ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.