निषेधाज्ञामा पनि सेवा दिने बाहनामा बाजुराका जिप व्यवसायीको ठगी धन्दा

नजिक न्युज संवाददाता    

निषेधाज्ञामा पनि सेवा दिने बाहनामा बाजुराका जिप व्यवसायीको ठगी धन्दा
बाउली खाेलाबाट काेल्टी जादै गरेका जिप, तस्बिर: नजिक न्युज

बाजुरा : निषेधआज्ञाको मौका छोपेर बाजुराका जिप व्यवसायीले ठकी धन्दा चलाएको आरोप लागेको छ । यात्रुहरु ओसार पसारको बाहनामा व्यवसायीले खुलेआम ठगी गर्ने गरेको आरोप सर्वसाधारणको छ । 

लकडाउनकै बेला यात्रु बोक्न गरेको र यात्रु बोकेवापत दुई गुणा बढी भाडा असुली गर्ने गरेको आरोप यात्रुहरुको छ । कोरोना रोकथामको समयमा सबै यातायात सेवा बन्द गर्न जिल्ला कोविड १९ संकट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा जारी गरेपनि जिल्लाका जिप व्यवसायीहरुले उल्लङघन गरेका छन् । 

संकटको समयमा सस्तोमा सेवा दिनु पर्ने मानवीयता देखाउनुँको साँटो उल्टै ठगी गर्दा समेत प्रहरी प्रशासन मौन जस्तै देखिएको छ । जिल्ला बाहिरबाट आएका र जिल्ला भित्रमै रहेका सर्वसाधारणलाई उही मूल्यमा लैजाने आश्वासन दिएर पछि बीच बाटोमा पैसा असुली धन्दा व्यवसायीले गर्ने गरेका छन् ।

बाजुरामा जिप सञ्चालन गर्ने व्यवसायीले बषौदेखि कुनै न कुनै बाहनामा यात्रुहरुलाई लुट्ने गरेको आरोप सर्वसाधारणको छ । कहिल्यै बाटोको नाममा, कहिल्यै बन्दको बाहनामा पैसा असुली गरिरहेका छन् ।

मार्तडी कोल्टीमा चलाउने जिप व्यवसायीले लुकीछिपी अनुमति विनै सञ्चालन गरिरहेको पाईएको छ । विरामी बोक्न अनुरोध गर्दा चालक नभएको बाहना गर्ने व्यवसायीले प्रशासनको अनुमति विनै पैसा असुलीका लागि ठगी धन्दा चलाएको आरोप सर्वसाधारणको छ ।

उनीहरुले बाउली खोलाबाट यात्रु बोक्ने गरेको खुलेको छ । प्रहरी प्रशासन निश्चित स्थानमा डीउटी गरेपनि मार्तडी बाहिरको गतिविधीमा कमै सक्रिय देखिएको छ । यात्रुहरुलाई १५ सय देखि २ हजारसम्म पनि कोल्टीको भाडा लिने गरेको पाईएको छ । 

आज मात्र करिव २० जनाको टोलीलाई मार्तडीबाट पाण्डुसैन एक हजार पाँच सय र मार्तडीबाट कोल्टीका लागि दुई हजार भाडा लिएको खुलेको छ । महामारीमा मानव सेवा गर्नुको साँटो जिप व्यवसायीले अमानवीय व्यवाहार देखाउने गरेका छन् ।

काठमाण्डौमा कोरोना भाइरसको संक्रमण बढेकाले क्याम्पस तथा विद्यालयहरु बन्द भएपछि घर आएका विद्यार्थीले ऋण खोजेरै भएपनि घर पुग्न भनेको भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन् ।

मार्तडीको बाउली खोलाबाट सुपप्र ००१ ज ११९२, सुपप्र ००१ ज ११८६ र बा १५ च २७४२ नम्बरको जिप नियमित सञ्चालनमा रहेको पाईएको छ । ती कसैले पनि सवारी अनुमति लिएका छैनन् । तर जिप व्यवसायी समितिले भने आफूहरुले आधिकारी रुपमा सञ्चालन गर्न नभनेको र केहीले गरेको भए त्यो राम्रो नभएको बताएका छन् । 

यता प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले महामारीका बेला अनुमती विना जिल्ला आउने र जिल्लामा सवारी साधन संचालन गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । गैरकानुनी रुपमा मनोमानी भाडा लिने र अनुमती विना सवारी चलाउनेलाई प्रहरी नियन्त्रणमा लिए संक्रमण ऐन २०२० अनुसार कानुनी कारबाही गर्ने बताएका छन् ।  



शुक्रबार ३१, बैशाख २०७८ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.