बाजुरामा औषधिको चरम अभाव, मेडिकलमै पाउन छोड्यो सिटामोल

प्रमित वि‌क‌    

बाजुरामा औषधिको चरम अभाव, मेडिकलमै पाउन छोड्यो सिटामोल

बाजुरा : जिल्लामा औषधिको चरम अभाव भएको छ । मेडिकलमै औषधि पाइन छोड्यपछि बाजुराका सर्वसाधारण्लाई सास्ती खेप्नु परेको छ । जिल्लामा कोरोना भाइरसले विकराल रुप लिइरहेका बेला अत्यावश्यक औषधिको अभाव देखिएको हो ।  

बाजुरामा औषधिको अत्यधिक माग भएपनि औषधि पाउन समस्या भएको छ । सरकारी तथा निजी अस्पतालहरुमा अक्सिजनको चरम अभाव भइरहेका बेला औषधिको समेत अभाव देखिएपछि बिरामीहरुको उपचारमा समस्या भएकोे छ । 

कोरोना भाइरस (कोभिड १९) का विरामीले सरकारी तथा निजी अस्पतालहरु भरिभराउ भइरहेका बेला सिटामोल, मेट्रो निडाजोल र आयोसिनलगायत औषधिको अभाव भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । जिल्लामा हिउँदे वर्षाका कारण विभिन्न स्थानमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको छन् । यसले गर्दा औषधि समेत ल्याउन कठिन भएको छ ।

कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको अवस्थामा सरकारीमा मात्र नभएर निजी अस्पताहरुमा समेत औषधिको अभाव हुन थालेको छ । सञ्तित राखेको औषधि समेत सकिसकेको छ । कोटा अनुसार कुनै औषधि छैन । विरामीहरु औषधि नपाएर घर फर्किनु परेको मेडिकल संचालक बताउन्छन् । 

औषधि मगाउन खोज्दा पनि औषधि छैन् भन्छन्, यहाँ त झनै सिटामोल लगायतको औषधि नै कुनै ठाउँ छैन् । औषधि मगाएपनि बाटो नै अवरुद्ध छ, यसले गर्दा बाजुरामा थप औषधिको अझै अभाव हुने खप्तड मेडिकल संचालक अम्मर जोशीले बताए । 

यस विषम परिस्थितिमा महामारी रोगको प्रकोप फैलिरहेका अवस्थामा औषधि अभावले जिल्लामा गम्भीर समस्या निम्तने खतरा बढेको छ । गाउँ गाउँमा ज्वरोका विरामी बढिरहेका छन् । स्थानीयहरु सरकारी अस्पतालमा जानु भन्दा मेडिकलमा बाढी जान्छन् । यद्यपी सामान्य औषधि समेत सरकारी अस्पतालमा नपाईने भएकाले सबै मेडिकलमै जान रुचाउन्छन् । तर मेडिकलमै अरु त परै जावस रुघाखोकी लागे खाने सिटामोल समेत पाउन छोड्यपछि थप संकट भएको हो ।

सडक अवरुद्ध बनेपछि औषधि मगाउन गारो भएको छ, पहिला स्टोप राखेको औषधि समेत सकिसकेको छ । औषधि मगाउदा पनि थोरै पठाइदिने भएकाले बाजुरामा औषधिको चरम अभाव भएको अर्का फार्मेसी सुपरभाइजर राजेन्द्र खत्री बताउन्छन् । 

मागअनुसार औषधि पाउन समस्या भइरहेको उनले बताए । आफुहरुले खोजेको औषधि पाउनै मुश्किल भएको उनले बताए । कोरोना भाइरसका बिरामी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा गुणस्तरीय औषधि पाउन समस्या भइरहेको उनको भनाइ छ ।

निःशुल्क औषधि समेत मेडिकलबाट किन्नुपर्ने अवस्था छ । तर निजी अस्पतालहरुमा समेत औषधि अभाव हुन थालेपछि विरामीको उपचारमा समस्या हुन सक्ने भन्दै औषधि आपुर्तिमा जोड दिन अस्पताल सञ्चालकहरुले माग गरेका छन् ।

कोरोनाभाइरस फैलिरहेको बेला जिल्लाका निजी अस्पतालमै औषधि नपाएपछि आफुहरुलाई थप समस्या भएको बताउन्छन् । बिरामी भएर रोग नियन्त्रण गर्न आसै आसले अस्पताल जानु तर त्यहाँबाट नै औषधि नपाएर घर फर्किनु परेको छ, यसले गर्दा हामी गरिब परिवार र सबै जनताहरुले सास्ती खेप्नु परेको स्थानीय सरिता थापा बताउन्छन् । 

जिल्लामा सामान्य ज्वरो, पेट दुखाइ र वर्षातमा हुने पानीजन्य रोगका औषधिको अभाव छ । तर अघिल्लो वर्षदेखि नै मागअनुसार आपूर्ति नहुँदा अभाव भएको देखिन्छ । कोरोना भाइरस, भाइरल ज्वरो, रुघाखोकी र टाइफाइड लगायत रोगका बिरामी बढेका छन् । तर, औषधि छैन । सामान्य सिटामोल लगायत औषधि समेतको अभाव भएको हो । 

अत्यावश्यक औषधिको माग हरेक वर्ष बढ्दै गएपनि बजेट अभावका कारण आपुर्तिमा समस्या भइरहेको छ । जिल्लाका सराकारी तथा निजि अस्पतालमा औषधि व्यवस्थापनका लागि यहाँको स्थानीय सरकार र राजनीतिक दलहरुले छिटो पहल गरी औषधि व्यबस्थापन गर्न थापाले आग्रह गरिन् । 



बिहिबार ३०, बैशाख २०७८ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.