गणेश र मञ्जुले गरे नेकपा एमाले पार्टी कार्यालयमा प्रगतिशील विवाह

नजिक न्युज संवाददाता    

गणेश र मञ्जुले गरे नेकपा एमाले पार्टी कार्यालयमा प्रगतिशील विवाह

बाजुरा : युवा संघ बाजुराका सहसंयोजक गणेश बोहरा र अनेरास्ववियु बाजुराका सचिवालय सदस्य मञ्जु भाटले प्रगतिशील विवाह गरेका छन् । बाजा बजाएर, जन्ती ल्याएर मात्र अन्मीने संस्कारलाई चुनौति दिँदै गणेश र मञ्जुले पार्टी कार्यालयमा विवाह गरेका हुन् ।

सीमित आफन्तजनहरुको उपस्थितिमा नेकपा एमाले नेताहरुले विवाह गराईदिएका हुन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा अनेरास्ववियु र युवा संघ बाजुराले विवाह समारोहको आयोजना गरेका थिए । सोही समारोहका बीच दुबै जनाले प्रगतिशील विवाह गरेका हुन् । 

No description available.तामझाम र लडकभडकको विवाह गर्नु भन्दा समाजलाई केही फरक सन्देश दिने गरी प्रगतिशील विवाह गरेको दुलाह गणेश बोहराले बताएका छन् । विवाह बन्धन मनको सम्बन्धसँग जोडिने नाता भएकोले बाजा,पहिरन र अन्य तामझामले केही फरक नपार्ने बुझाइ सहीत नेताहरुलाई साक्षी राखेर विवाह गरिएको दुलाह दुलही दुबै जनाको भनाई छ । 

गणेश बोहराले आफ्नो परिवारको तर्फबाट बुबा सहीत सीमित व्यक्तिहरु बोलाएका थिए । भने बेहुली मञ्जु भाटले पनि केही निकटका साथीसंगी बोलाएकी थिईन् । विना गीत, संगीत, विना पञ्चेबाजा विवाह समारोह सकिएको थियो ।  

एक अर्कोले माला अविर लगाएर आत्मियता सहीत नेताहरुलाई साक्षी राखेर क्रान्तिकारी विहे गरेको आफन्त समेत रहेका नेकपा एमाले नेता जनक कुमार बोहराले बताएका छन् । एक अर्काले अविर र माला लगाए, औठी साँटे र सिन्दर लगाएर विवाह समारोह सकिएको थियो । बाजुरामा प्रगतिशील विवाह पहिलो पटक गरिएको हो ।

नेकपा एमालेका पार्टी सचिव भरत बुढा, नेकपा नेताहरु जनक कुमार बोहरा, भरत थापा, काशी विक, माया कुँवर प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओली, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश पायल सहीतको उपस्थितिमा विवाह गरिएको हो ।

एक पोका सिन्दुरका बीच सबै खर्च कटाएर विहे गरिएको प्रति नेताहरु खुसी भएका छन् । कोरोना जोखिम बढिरहेको बेला तामझाम गर्न मिल्ने अवस्था पनि छैन्, विवाह भन्ने कुरा दुलाह र दुलहीबीचको प्रेमील बुझाई र आपसी समझदारी भएकोले त्यसको नमुना पेश गरेकोमा नेकपा एमाले पार्टी सचिव भरत बुढाले धन्यवाद दिएका छन् ।

No description available.अनेरास्ववियुका जिल्ला संयोजक राजीव रोकायाले सञ्चालन गरेको विवाह समारोहको अध्यक्षता युवा संघका नेता ज्ञानबहादुर थापाले गरेका छन् । पार्टीका योद्धाहरुलाई समाजकै लागि फरक सन्देश जाने गरी विवाह गराउन पाउँदा खुसी लागेको युवा संघका नेता ज्ञानबहादुर थापाले बताएका छन् ।

बुढीनन्दा नगरपालिका १० स्थायी घर भएका गणेश बोहरा बक्सीङ्ग तर्फका राष्ट्रिय खेलाडी हुन् भने, बुढीनन्दा नगरपालिका ५ की मञ्जु भाट पेशाले स्वास्थ्य कर्मी हुन् । दुबै जना लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन् । 

No description available.

 



बुधबार २९, बैशाख २०७८ ०५:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.