एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु, ७६६० जनामा संक्रमण

नजिक न्युज संवाददाता    

एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु, ७६६० जनामा संक्रमण

काठमाडौं : मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले  जनाएकाे छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ। नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ लाख ५१ हजार पाँच पुगेको छ।

जसमध्ये दुई लाख ८७  हजार ७९० जना संक्रमणमुक्त भएका छन्। कोरोना भाइरस संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ।



मङ्गलबार २१, बैशाख २०७८ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.