पुष्पा बडैलाले गरिन बाल आश्रमका बालबालिकलाई शैक्षिक सामाग्री सहयोग

नजिक न्युज संवाददाता    

पुष्पा बडैलाले गरिन बाल आश्रमका बालबालिकलाई शैक्षिक सामाग्री सहयोग

बाजुरा : सामाजिक सेवी तथा मोडेल पुष्पा बडैलाले बाल आश्रममा रहेका बालबालिकालाई सहयोग गरेकी छन् । बाजुरा स्थित बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराको बाल आश्रममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेकी हुन् । 

बाल आश्रममै पुगेर धनगढी बस्ने समाजसेवी पुष्पा बडैलाले शैक्षिक सामाग्री सहयोग गरेको कन्सन बाजुराले बताएको छ । कन्सन बाजुरामा हाल १२ जना बालबालिका रहेका छन् । 

बडैला आधुनिक, लोक, तथा देउडा गीतमा अभिनय गर्ने गरेकी छन् । पत्रकार समेत रहेकी बडैलाले अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् । 



शुक्रबार १७, बैशाख २०७८ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.