बाजुराका गाउँ गाउँमा ज्वरोका विरामी, बजार क्षेत्रमा भीडभाड, सावधानी शुन्य

नजिक न्युज संवाददाता    

बाजुराका गाउँ गाउँमा ज्वरोका विरामी, बजार क्षेत्रमा भीडभाड, सावधानी शुन्य

बाजुरा : जिल्लामा ज्वरोका विरामी दिन प्रतिदिन बढिरहेको छन् । नौ वटै स्थानीय तहका अधिकांश गाउँमा रिंगटा लाग्ने, ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएका विरामीको संख्यामा दिनप्रतिदिन बढीरहेको अवस्था छ । 

तर विरामीको संख्या बढेपनि सुरक्षा सावधानी र सचेतनाको अवस्था निकै फितलो देखिएको छ । सम्बन्धीत स्थानीय तहका स्वास्थ्य संस्था, निजी मेडिकल सहीतमा विरामीको भीड देखिएपनि स्वयम विरामीले नै सुरक्षा सावधानी बारे बेवास्ता गर्ने गरेका छन् । 

उपचारका लागि स्वास्थ्य संस्था आउनेले समेत मास्कको प्रयोग नगरेको, खानेवानीमा परिर्वतन नगरेको, भीडभाड र बजार पसल जान नछोडेको अवस्था छ । सरकारले अनिवार्य मास्कको प्रयोग भनेपनि बाजुराको हकमा मार्तडी बाहेकका बजारमा त्यसको कार्यान्वयन हुन सकेको छैन् ।

बजार क्षेत्रको भीडभाड र सुरक्षा सामाग्री प्रतिको बेवास्ता जताततै देखिएको छ । कोरोनासँग मिल्ने विरामीले प्रत्येक गाउँमा भेटिएका छन् । विरामी नभएका कुनै गाउँ बाँकी छैनन् । वृद्धवृद्धा र बालबालिका ज्वरोका कारण थला परेको अवस्था छ । तर सर्वसाधारण संवेदनशिल देखिएका छैनन् । 

बजार पुगेकाहरुले नत कुनै मास्कको प्रयोग गरेको पाइएको छ, भने नत बजार पसलेहरुले दुरी कायम गरेर व्यवसाय नै सञ्चालन गरिरहेका छन् । जिल्ला बाहिरबाट आउने होस् की गाउँमा झरेकाहरु हुन्, सबै भीडभाडमै देखिने गरेका छन् ।

सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्न लगाउने बार व्यापारी समेत गैर जिम्मेवार छन् । बाम्का, सेरा, बेतालमाडौं, फालासैन, पीलुचौर, धुलाचौर, कोल्टी, सुर्खा सहीतका बजारका व्यापारीले मास्क विक्रीका लागि राखेपनि आफूले पनि प्रयोग गरेको पाइदैन् ।

प्रहरीले तपाइको मास्क खै अभियान चलाएपनि त्यो प्रभावकारी देखिएको छैन् । प्रहरी जाँदा डरले लगाएपनि त्यसको निरन्तरता नहुँदा थप जोखिम बढ्ने अवस्था छ । जिल्लामा सयैको संख्यामा विरामी छन् ।

२४ जनामा कोरोना संक्रमण नै पुष्टी भइसकेको छ । विरामी जति सबैलाई कोरोना जाँच संभव नै छैन् । सबैलाई चेकजाँच गर्न संभव नभएपनि कोरोना संक्रमित र अन्य विरामी छुट्याउने गाह्रो हुने अवस्था रहेको छ । 

स्वास्थ्य कार्यालय बाजुराले अत्याधिक मात्रामा ज्वरोका विरामी बढ्नु मौसम परिर्वतन र बैशाखमा आएर चिसो बढ्नु कारण हुन सक्ने भनेको छ । भारतबाट आएकाहरु सरासर घर पुगेका छन् । चेकजाँच गरिएको छैन्, स्थानीय तहले नै कमजोर आँकलन गरेको आक्रोश सर्वसाधारणको छ ।

बजारमा नत मास्क लगाएका भेटिन्छन्, नत मास्क लगाउन सचेत गराउनेहरु नै । सुरक्षा स्वयम व्यक्तिका लागि भनिएपनि नागरिक यसमा गम्भीर छैनन् । उसोत प्रहरीले गाउँ गाउँ पुगेर सचेत गराउने भनेपनि त्यो पनि प्रभावकारी देखिएको छैन् । विरामी विना चेकजाँच बजार डुलेको अवस्था छ । भने बजारमा भीडभाड रोकिएको छैन् । विद्यालय बन्द गरिएपनि विवाह ब्रतबन्ध रोकिएका छैन् । जुन कार्य सरकारी नियम विरुद्ध हो । 

कोरोनाको संक्रमण भन्न नमिले पनि लक्षण मिल्दोजुल्दो देखिएकोले यसमा सावधानी अपनाउनु पर्ने र सानो कमजोरीले भोलि ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ, लक्षण देखिएका व्यक्तिहरुको कोरोना जाँच अनिवार्य गराउनु पर्ने सुझाव स्वास्थ्य कर्मीको छ ।



शुक्रबार १७, बैशाख २०७८ ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.