बाजुरामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

नजिक न्युज संवाददाता    

बाजुरामा ट्याक्टरको ठक्करबाट  एक बालकको मृत्यु

बाजुरा: बाजुरामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका अंग कडारका ९ वर्षीय छोरा जगत कडाराको मृत्यु भएको हो। 

स्वामीकार्तिक खापर गाउँपालिकाको सडकखण्ड अन्तर्गत पर्ने वडा नम्बर ३ को कार्यालय नजिकै ट्याक्टरको ठक्करबाट कडाराको मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ।

जुकोटबाट पीलुचौर आउँदै गरेको राजेन्द्र नाथको अन टेष्ट ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको बताइएको छ।  



शुक्रबार १७, बैशाख २०७८ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.