दार्चुलाको शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी

नजिक न्युज संवाददाता    

दार्चुलाको शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। शैल्यशिखर नगरपालिकाका विभिन्न स्थानका व्यक्तिहरुमा नयाँ भेरियन्टसहितको कोरोना देखिएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

शैल्यशिखर नगरपालिकाको अनुरोधमा बिहीबार साँझदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

वडा नम्बर १ का बलाँच बजार क्षेत्र, वडा नं २ को देथला, वडा नं ३ को कर्कले, वडा नं ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र, वडा नं ६ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नं ९ को गोकुलेश्वर बजार क्षेत्र, कठपते, गाँजरी, नायल र घट्टीगाडमा निषेधाज्ञा जारी गरिएको हो।



शुक्रबार १७, बैशाख २०७८ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.