कैलाली र कञ्चनपुरका बैंकहरुले दिउँसो १ बजेसम्म मात्रै सेवा दिने

नजिक न्युज संवाददाता    

कैलाली र कञ्चनपुरका बैंकहरुले दिउँसो १ बजेसम्म मात्रै सेवा दिने

धनगढी: कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्। 

नेपाल बैंकर्स संघ सुदूरपश्चिमले गरेको निर्णय अनुसार दुवै जिल्लाका ग्राहकरुलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइने भएको हो। 

बुधबार बैंकर्स संघका संयोजक बिरुराम जैशीले सूचना जारी गर्दै सबै बैंकहरुलाई उक्त समयमा मात्रै सेवा दिन अनुरोध गरेका हुन। 



बुधबार १५, बैशाख २०७८ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.