नेपाल समूहको मार्तडीमा विस्तारित बैठक, प्रदेश सरकारकै मन्त्रीद्धारा सरकारी नियमको उल्लङन

नजिक न्युज संवाददाता    

नेपाल समूहको मार्तडीमा विस्तारित बैठक, प्रदेश सरकारकै मन्त्रीद्धारा सरकारी नियमको उल्लङन
फोटो सामाजिक सञ्जाल

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी एमालेबाट निलम्बीत माधव कुमार नेपाल समूहले आफ्ना समानान्तर कमिटी अभ्यासलाई निरन्तरता दिएका छन् । ६ महिना जिम्मेवारीबाट निलम्बनमा परेका नेताले आफ्ना नेता कार्यकर्तालाई समानान्तर कमिटीका गतिविधी सञ्चालनमा सक्रिय पारेका छन् । 

सोही क्रममा बाजुरा स्थित नेपाल समूहमा आवद्ध नेता कार्यकर्ताको जिल्ला स्तरीय बैठक बसेको छ । समानान्तर कमिटीबाट अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष गगन रावलको अध्यक्षतामा प्रथम विस्तारित बैठक बसेको हो ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठक भनेर बोलाईएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सीमित जिल्ला कमिटी सदस्य र अन्य कार्यकर्ता उपस्थित गराईएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल समूहले विस्तारित बैठक बोलाएका हुन् । नेकपा हुँदाको सूर्य भित्र आसी हतौडा राखिएको झण्डा राखेर बैठकको व्यानरमा नेकपा एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने नारा उल्लेख गरिएको थियो ।

समानान्तर कमिटीको सचिवको जिम्मेवारी पाएका एमाले जिल्लाकमिटी सचिवालय सदस्य पुरबहादुर रावतले सञ्चालन गरेको बैठक मार्तडीको अपि होटलमा बसेको हो । नेकपा एमालेको तत्कालिन अवस्थामा रहेको ५८ जना जिल्ला कमिटी सदस्य मध्ये एक दर्जनको संख्यामा मात्र नेपाल समूहको बैठकमा देखिएका छन् । 

बैठकमै नेपाल समूहले बनाएको समानन्तर कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ । पार्टीका अध्यक्ष गगन रावल, सचिव पुरबहादुर रावत र उप–सचिव निरबहादुर शाहीलाई नेकपा एमालेका केन्द्रिय सदस्य प्रकाश शाहले सपथ ग्रहण गराएका हुन् ।

May be an image of 3 people, including Gagan Rawal and textयता संघीय सरकारले गरेको निर्णय सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उल्लङ्घन गरेपछि आलोचना भएको छ । भीडभाडमा सरिक भएको र नियम नमानेको भन्दै सामाजिक सञ्जालमा मन्त्री शाहको आलोचना गरिएको हो ।

प्रदेश सरकारका मन्त्री शाह गुटको बैठकमा भाग लिन बाजुरा आएका हुन् । सरकारले २५ जना भन्दा बढी जम्मा नगराउन अपिल गरेको भएपनि कार्यकर्तालाई झनै हलमा राखेर प्रशिक्षण दिने कार्य गरिएको छ ।



बिहिबार ०९, बैशाख २०७८ ०७:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.