नेकपा एमाले बाजुराद्धारा पार्टी स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल र मास्क वितरण

नजिक न्युज संवाददाता    

नेकपा एमाले बाजुराद्धारा पार्टी स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल र मास्क वितरण

बाजुरा :  नेपाल कम्यूनिष्ट पार्टी एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचार गराईरहेका विरामीलाई फलफूल वितरण गरेको छ । कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारी विरामीलाई फलफूल वितरण गरिएको पार्टी सचिव भरत बुढाले बताएका छन् । 

सर्वाहारा गरिब विपन्नको मुक्तीका लागि स्थापना गरिएको कम्यूनिष्ट पार्टीको उदेश्य अनुसार नै विरामीको स्वास्थ्य लाभको कामना सहीत फलफूल वितरण गरिएको पार्टी सचिवालय सदस्य जनक कुमार बोहराले बताएका छन् ।

विरामी कक्षमै पुगेर स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य भरत थापाले बताएका छन् । 

कोविडका कारण औपचारिक कार्यक्रम गर्न रोक लगाईएकोले सीमित नेता कार्यकर्ता सहभागि भएर मानव सेवाको भावना सहीत फलफूल वितरण गरिएको पार्टी कार्यालय सचिव काशी विकले बताएका छन् । नेकपा एमालेले कोविड १९ को अवस्थालाई मध्येनजर गरेर सर्वसाधारणलाई मास्क समेत वितरण गरेको छ ।

No description available.मार्तडी बजार, जिल्ला अस्पताल परिसरमा रहेका सर्वसाधारणलाई मास्क लगाउने उत्प्रेरणा र सन्देश सहीत वितरण गरिएको हो । विरामीलाई फलफूल वितरण तथा मास्क वितरण कार्यमा केपी बा स्पोर्टस क्लबका युवाहरु पनि सहभागि रहेका थिए । नेपालमा २००६ सालमा नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको थियो ।   



बिहिबार ०९, बैशाख २०७८ ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.