बाजुराका १८ परिवार मुक्त हलिया परिवारलाई सोलार रेडियो वितरण

नजिक न्युज संवाददाता    

बाजुराका १८ परिवार मुक्त हलिया परिवारलाई सोलार रेडियो वितरण

बाजुरा : बुढीनन्दा नगरपालिकाका १८ जना मुक्त हलिया परिवारलाई सोलार रेडियो वितरण गरिएको छ । द स्टोरी किचेन, एन्टेना फाउण्डेशन र रेडियो बाजुराको सयुक्त सहकार्यमा मुक्त हलियालाई सोलार रेडियो वितरण गरिएको हो ।

रेडियो सुन्ने बानीको विकास गर्ने र सञ्चार माध्यमसँग मुक्त हलिया समुदायलाई जोड्ने उदेश्य सहीत सोलार रेडियो वितरण गरिएको द स्टोरी किचेनका जिल्ला प्रतिनिधी कलुवा ल्वारले बताएका छन् । 

रेडियो कार्यक्रम सुन्ने र सुनेर ज्ञान गुनका विषय बारे जानकारी सुन्नका लागि समेत रेडियो किन्नसक्ने क्षमता नभएका परिवारलाई लक्षित गरेर बुढीनन्दा नगरपालिका ५ काल्सीलका १८ परवारलाई सोलार रेडियो वितरण गरिएको रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले बताएका छन् । 

ओली स्वयम हलिया बस्ती पुगेर रेडियो वितरण गरेका हुन् । पत्रकार महासंघका अध्यक्ष छक्क मल्ल, रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरी, नरवीर ल्वार, द स्टोरी किचेनका कलुवा ल्वार सहीतको उपस्थितिमा सोलार रेडियो वितरण गरिएको हो । 

सरकारले घर निर्माण पछि पहिलो पटक घरमै रेडियो उपलब्ध गराएकोमा मुक्त हलिया खुसी भएका छन् । घर बनाएर त्यसपछि मतलब नै गरेका थिएनन्, नजिकैको एफएम सुन्ना लागि रेडियो पाउँदा खुसी लागेको टुल्की ल्वारले बताएकी छन् ।

रेडियो पाउनेमा ३० वर्षदेखि ७९ वर्षका वृद्ध समेत रहेका छन् । ब्याट्री नहालेर सोलारबाटै चार्ज हुने रेडियोमा टर्च लाइट, मेमोरी लाग्ने थप सुविधा रहेको छ । एन्टेना फाउण्डेशनबाट प्रशारण हुने नेपाल चौतारी कार्यक्रम अनिवार्य सुनाउने लक्ष्य सहीत रेडियो सहयोग गरिएको हो । 



बुधबार ०८, बैशाख २०७८ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.