जगन्नाथ पूर्ण खोप युक्त गाउँपालिका घोषणा

नजिक न्युज संवाददाता    

जगन्नाथ पूर्ण खोप युक्त गाउँपालिका घोषणा

बाजुरा : जगन्नाथ गाउँपालिकालाई पुर्ण खोपयुक्त गाउँपालिकाका रुपमा घोषणा गरिएको छ । जन्मेदेखि नियमित खोप देखि १५ महिना मुनिका बालबालिकाहरुले सबै प्रकारका खोप पाएकाले गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।

जगन्नाथ जिल्लाको पाँचौ पालिकाका रुपमा घोषणा भएको हो । गाउँपालिकामा रहेका जन्मेदेखि नियमित खोप देखि १५ महिना मुनिका बालबालिकाहरुले सबै प्रकारका खोप पाएकाले गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।  

१५ महिना मुनीका ५ सय ५७ बालबालिका र १६ देखि २३ महिना मुनीका १ सय २२ जना बालबालिकाले सबै खाले खोप पाइसकेकाले घोषणा गरेको गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले जानकारी दिएका छन् । 

पुर्ण खोप युक्त तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालयका बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले खोपका विषयमा जानकारी गराएका थिए । खोप कार्यक्रम लागू भएपछि नेपालको जनसंख्या तिब्र वृद्धिदर घटेको र बालबालिकाहरु अपाङ्ग  हुनबाट जोगिएको विभिन्न खालका सरुवा रोगबाट हुन सक्ने मृत्युुदर नियन्त्रण भएको वरिष्ठ  जनस्वास्थ्य अधिकृत पन्तको भनाई रहेको छ । 

ऐना गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वास्थ्य कार्यलय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्णा पन्त प्रमुख अतिथी रहेका थिए । खोपयुक्त घोषणा कार्यक्रममा जुड्डि प्रहरी चौकी प्रमुख प्रहरी निरिक्षक बीरसिं ठगुन्ना, जगन्नाथ अस्पतालका प्रमुख डाक्टर जस्मिता बलमपाकी,६ वटै वडाका वडाध्यक्ष विशिष्ट अतिथी रहेका थिए ।  

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख  रविन्द्र बहादुर शाहीले स्वागत मन्तव्य तथा खोप युक्त घोषणको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन गाउँपालिका कर्मचारी फूलमाया उपाध्यायले गरेकी हुन् । कार्यक्रममा वडाध्यक्ष र सामुदायिक  स्वास्थ्य इकाई प्रमुखहरुलाई सम्मानपत्र  वितरण गरिएको हो । 

जिल्लाका गौमुल गाउँपालिका, बुढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र स्वामीकार्तिक गाउँपालिका पूर्ण खोप तथा सुनिश्चितता घोषणा भइसकेका छन् । भने खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बुढीनन्दा नगरपालिका पूर्ण खोप तथा सुनिश्चितता घोषणाको तयारीमा छन् । 



बुधबार ०८, बैशाख २०७८ ०७:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.