स्वामिकात्र्तिक खापर गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

नजिक न्युज संवाददाता    

स्वामिकात्र्तिक खापर गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

बाजुरा :  स्वामिकार्तिक खापर गाउँपालिकालाई पुर्ण खोपयूक्त पालिका घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकालाई खोप ग्यारेन्टी हुने सूचक पुरा भएपछि औपचारिक कार्यक्रमका बीच  गाउँपालिकालाई पुर्ण खोपयूक्त पालिका घोषणा गरिएको हो । 

जन्मेदेखी १५ महिना मुनिका सम्पुर्ण बालवालिकालाई खोप लगाएर कोही नछुटेको हुँदा गाउँपालिकालाई पुर्ण खोपयूक्र पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । १५ महिना मुनिका बालवालिकालाई १२ वटा सरुवा रोग बिरुद्ध ८ वटा खोप अनिवार्य लगाउनु पर्ने मान्यता छ ।

गाउँपालिकामा रहेका सबै बालवालिकाले एउटा पनि खोप नछुटाएर लगाएको र आवश्यक सूचक पुरा भएपछि घोषणा गरिएको गाउँपालिकाका सुचना अधिकारी कुमेर बहादुर शाहीले बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष मीमा बुढाको अध्यक्षता सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकाया रहनु भएको थियो भने वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त बिशिष्ठ अतिथि रहनु भएको थियो ।

कार्यक्रममा गाउँपालिका वडा नं. १ देखि वडा नं.५ सम्मका वडा अध्यक्ष गाउँपालिकाका कर्मचारी विषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको कार्यान्वन र निरन्तरतालाई ध्यानमा राखेर गतिविधी अघि बढाउन समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले सुझाव दिएका छन् । 



मङ्गलबार ०७, बैशाख २०७८ ०८:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.