बडिमालिका नगरपालिकाका खेल प्रशिक्षक भन्छन् : हारको मानसिकताले पूर्वाग्रही आरोप लगाइयो

नजिक न्युज संवाददाता    

बाजुरा : बडिमालिका नगरपालिकाका खेल प्रशिक्षकले आफूहरु माथि लगाएको आरोप पूर्वाग्रही र हारको मानसिकता भएको बताएका छन् । बडिमालिका नगरपालिका माथि लगाएको आरोपको प्रेस विज्ञप्ती मार्फत खण्डन गरेका हुन् ।

खेल सञ्चालनमा भएका विषयलाई नगरपालिका माथि जोड्नु गलत नियत र हारको मानसिकता भएको आरोप लगाएका छन् । मालिका नमुना माविमा पत्रकार सम्मेलन आयोजना गरेर प्रशिक्षकहरुले खेल हार्ने थाह पाएर नै बखेडा झिकेको र बद्नाम गराउने मनसायले बहिष्कार गरेको कार्यप्रति आपत्ती जनाएका छन् । 

बडिमालिका र बुढीगंगा नगरपालिका बीचको कबड्डी खेल समापन पछि दुबै खेलाडी बीच हात मिलाएर नजिता स्वीकार गरिसकेको अवस्थामा पनि केही व्यक्तिले गरेको व्यवहारलाई नै जोडेर सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बडिमालिका नगर क्षेत्रको बद्नाम गराउने कार्य प्रति खेल प्रशिक्षकले आपत्ती जनाएका छन् ।

चार जना ख्ल प्रशिक्षकले आफूहरुको कुनै गलत र पूर्वाग्रह मानसिकता नभएको, आफ्नो तर्फबाट कुनै प्रकारको गलत व्यवाहार नदेखाएको र प्रशिक्षकसँग कुनै साँटगाँठको जरुरी नै नभएको धारणा सार्वजनिक गरेका छन् ।

घरेलु मैदानमा हुने खेलमा सामान्य ताला बज्नुलाई अन्यथा नलिन आग्रह गर्दै बाटो नै निषेध गर्ने, खेलमै सहभागि नहुने, व्यक्ति माथि नै आक्रमणको धम्की दिने कार्य प्रति खेद प्रकट गरिएको छ । भने प्रशिक्षकको सुरक्षा ग्यारेन्टीको पनि माग गरिएको छ ।

जारी प्रतियोगितामा बडिमालिका नगरपालिकाले ९ वटा स्वर्ण र अन्य सहभागि पालिकाले २।२ स्वर्ण मात्र जितेको अवस्थामा पनि नगरपालिका माथि पूर्वाग्रही सोच राख्नु आपत्तीजनक र हारको मानसिकताले नै आरोप लगाउने कार्य गरिएकोले यसप्रकारको भ्रममा नपर्न सबैलाई अपिल गरिएको छ । 

सञ्चार माध्यमबाट प्रकाशन गरिएका समाचारमा पनि तथ्य र सन्तुलन नभएको र एकपक्षिय विषयलाई नै उठान गरिएकोले वास्तविकता बुझेर समाचार सम्प्र्रेषण गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।



मङ्गलबार ०७, बैशाख २०७८ ०८:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.