बाजुरामा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नजिक न्युज संवाददाता    

बाजुरामा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा : बाजुरामा आजबाट १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरिय खेलकुद प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद सबैका लागि खेलकुद भन्ने मुल नाराका साथ आज औपचारिक रुपमा उद्धघाटन गरिएको छ ।

विद्यालय स्तरिय खेलकुद प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहका विद्यालयले सहभागिता जनाएको छ । जसमा बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिकाबाट प्रतियोगिता सहभागि रहेको छ ।  भने बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वमीकार्तिक खापर गाउँपालिकाले भने सहभागिता जनाएको छैन् । 

खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मी बडुवालको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया रहनु भएको थियो ।  त्यस्तै बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्ट, छेडेदह गाउँपालिका अध्यक्ष नर बहादुर रावत, राष्ट्रिय युवा परिषद जिल्ला अध्यक्ष कृष्ण थापालगायत विशिष्ट अतिथिमा रहनु भएको थियो । मालिका माध्यमिक विद्यालय खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।

यस्तै आफ्नो शुभकामना मनतब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले खेल क्षेत्रबाट नै स्वस्थ हुने भएकाले सबैले खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले आफुले आफैलाई स्वस्थ्य बनाउन नसकेमा ज्ञान प्राप्त गर्न नसकिने जिकिर गरेका छन् । निरोगी भएमा ज्ञान हासिल गर्नमा सहज हुने समन्वय प्रमुख रोकायाले बताए ।

नगरपालिका र गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितापछि जिल्लामा भएको उक्त प्रतियोगितामा विवाद रहित गर्न खेल प्रशिक्षकहरुलाई समन्वय प्रमुख रोकायाले आग्रह गरेका छन् । खेलकुद प्रतियागितामा सहभागी भएका खेलाडीहरुले आफ्ना लागि मात्र नभई नगरपालिका र गाउँपालिका र जिल्ला प्रदेश र देशका लागि खेल प्रदर्शन गर्नुहुनेमा विश्वास व्यक्त गरेका छन् ।

खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मी बडुवालले बताएकी छन् । 



आइतबार ०५, बैशाख २०७८ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.