केपी बा स्पोर्टस क्लब कोल्टीमा जारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

नजिक न्युज संवाददाता    

केपी बा स्पोर्टस क्लब कोल्टीमा जारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

बाजुरा : केपी बा स्पोर्टस क्बल कोल्टीमा जारी फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा आयोजक ट्रोल बाजुरालाई पराजित गर्दै केपी बा स्पोर्टस क्बल फाइनल प्रवेश गरेको हो । 

३–१ गोल अन्तरले पराजित गरेको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । क्लबले आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल प्रवेश गरेको टिम व्यवस्थापक दिलबहादुर थापा भोटेले बताएका छन् । टिम दिल थापाको कप्तानीमा खेल खेलाइएको हो । 

१४ टिम सहभागि खेलमा केपी बा स्पोर्टस क्लबले थ्रि स्टार र आयोजक ट्रोल बाजुराले युनाइटेड रैलालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । प्रथम पुरस्कार २५ हजार राशी राखिएको खेल नव वर्षको अवसर पारी आयोजना गरिएको ट्रोल बाजुराका अध्यक्ष विनोद शाहीले बताएका छन् ।

केपी बा स्पोर्टस क्लबले भोलि कोल्टी स्थित जनप्रकाश माविको फुटबल मैदानमा फाइनल खेल खेल्ने भएको छ । उपाधी हात पार्ने गरी खेलमा प्रस्तुत हुने टिम कोच समेत रहेका क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । केपी ओलीको सम्मान स्वरुप स्थापना भएको क्लबले जिल्लामा हुने सम्पूर्ण खेलमा भाग लिने गरेको छ । 

क्लबको हैसलाका लागि क्लबका संरक्षक सहीतको टोली कोल्टी पुगेको थियो । भने नेकपा एमालेका कार्यालय सचिव काशी विक सहीतको टोलीले खेलाडीको बैशाख १ गते विदाई गरेका थिए । 



आइतबार ०५, बैशाख २०७८ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.