अध्यक्ष हरि बहादुर रोकायाको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डौमा उपचार हुँदै

नजिक न्युज संवाददाता    

अध्यक्ष हरि बहादुर रोकायाको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डौमा उपचार हुँदै

बाजुरा : एक्कासी बिरामी भएका गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको काठमाण्डौमा उपचार भईरहेको छ । 

अध्यक्ष रोकायाको सहिद गंगालल राष्ट्रिय हृदय केन्द्र काठमाण्डौमा उपचार भइरहेको संघीय सांसद लाल बहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् । उनलाई आइतबार विहान धनगढीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएका थिए ।

काठमाण्डौ पुर्याए लगत्तै उनको सहिद गंगालल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको सचिव रोकायाले बताए । प्रतिकुल मौसमका कारण शनिबार हेलिकप्टर बाजुरा आउन नसकेपछि उनलाई  लगतै गाडीमा धनगढी लगिएका हुन । 

हेलिकप्टर चार्टरका लागि स्रघयि सांसद लाल बहादुर थापा र जिल्ला प्रशासन कार्यालय बाजुराले पहल गरेको थियो । जनताका समस्या बुझ्न गाउँ पुगेका अध्यक्ष रोकायालाई एक्कासी छातीमा समस्या आएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएका थिए ।

जिल्ला अस्पताल बाजुराका डाक्टर शेर बहादुर साँदका अनुसार छातीमा समस्या देखा परेकोले थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको बताएका छन् । 

शनिबार बेलुका अस्पतालले रिफर गरे पश्च्यात गाडीमा धनगढी लगिएका थिए । आज विहान धनगढीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पुर्याएर उनको सहिद गंगालल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेकाे र उनको स्वास्थ्यमा केहि सुधार हुदै आएको जानकारी दिईएको छ ।    

May be an image of 1 person, outdoors and text that says 'AIRBUS'May be an image of 2 people, including Ganesh Thapa, people sitting and outdoors            



आइतबार ०५, बैशाख २०७८ ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.