बिबादका कारण सडक निर्माण कार्य अवरुद्ध, सहमति विनै धमाधम वन मासिदै

वडा नंं १ को जंगल बिना सहमतिमा फडानी हुने संकेत,वन बिनास गर्ने उद्देश्यले सडक निर्माण भईरहेको स्थानीयको आरोप

नजिक न्युज संवाददाता    

बिबादका कारण सडक निर्माण कार्य अवरुद्ध, सहमति विनै धमाधम वन मासिदै

राम बहादुर दानी, बाजुरा : मार्तडी थामलेख सडकको निर्माण कार्य भै यातायात सुचारु भएको लामो समय भएको छ । उक्त सडकको डबल कटिङ कार्य पनि भईरहेका छ । बुढाखोलाबाट हाल सुचारु भएको सडक निर्माण कार्यमा पटक–पटक बिवाद गरी बजेट फ्रिज जाने गरेको थियो । 

बुढाखोला सुचारु भएको सडक हाल सबै तहले सहयोग गरी सो सडकको निर्माण कार्य भएको हो । मार्तडी थामलेख सडक खण्ड निर्माण भएर हाल यातायातका साधनहरु नियमित सुचारु भईरहेका छन् ।  सो सडक निर्माण भई लामो समययता सुचारु भएको अवगत हुदा–हुदै बडीमालिका नगरपालिका वडा नंं.२ माझिगाँउ हुदै पिनालेख जोड्ने अर्को सडक निर्माण भई घामताप्नेसम्म आएको छ ।

उक्त सडक निमार्णमा मनमानी हिसाबले सहमति विनै वन विनास गर्ने उद्देश्यले सडक निर्माण भईरहेको छ । वन विनास भइरहेकोले पटक–पटक वन विनास रोक्न सम्बन्धित निकायसम्म गुहार गरेको भएपनि कसैले नसुनेपछि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका छन् ।

वनको विनास गरी जाल्पा देविसम्म जोेड्ने कार्य भैरहेकोले सो कार्य रोक्न जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यलय र सम्बन्धित वडा कार्यालयलाई वडा नं.१ का ७७ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाएको समेत केहि दिन वितिसक्दा पनि कसैले सुनुवाई नगरि धमाधम वन मास्दै सडक निर्माण भएपछि बाध्य भएर सो कार्य अवरुद्ध गरेको स्थानीयले बताएका छन् ।

उक्त सडक कटानले हाल सुचारु भैरहेको मार्तडी–थामलेख सडक खण्डलाइ पूर्णता दिनमा रोकावट गर्ने र वन बिनास गर्ने उद्देश्यले माझीगाँउबाट जाल्पा देबिसम्म जोड्ने सडक कटान भैरहेकोले फेरी पनि सुनुवाई नभए थप आनदोलनका बाटाहरु उपनाईने स्थानीयले चेतावनी दिएका छन् ।   

अझै पनि सम्बन्धित वडा कार्यालयबाट २४ घण्टामा जवाफ नआए वा सो कार्यलाई विना सहमति वन बिनास हुने गरी मुल सडक हुँदा–हुँदै कटान कार्यलाई नगराकेपछि वडा नंं. १ को वडा कार्यालयदेखि जिल्ला वन कार्यालय बाजुरा र जिल्ला प्रशासन कार्यालयमा समेत धर्ना दिने सो ठाँउका स्थानियले बताएका छन् । यता वडा नंं. १ का वडा अध्यक्ष राम बहादुर कार्कीलाई यो बिषयमा केही थाहा नभएको बताएका छन् । आफुलाई यो कुराको बिषयमा जानकारी नभएको र आफूले पनि पहल गरिरहेको बताए । 

मार्तडीदेखि थामलेख जोड्ने सडक निर्माण कार्य सम्पन्न गरि हाल डबल कटिङ कार्य भैरहेको देख्दा–देख्दै वन जंगलको विनास गर्ने उद्देश्यले मनमानी विना सहमति विनै सडक निमार्ण भएकोले दुबै वडाको सहमति गरी सडक निर्माण गर्नु पर्ने देखिन्छ । माझिगाँउ–जाल्पा देबिसम्म जोड्ने गरी पिनालेख सामुदायिक वनको बिनास हुने गरी निर्माण हुन लागेको सडक कटान कार्यलाई रोकी दुबै वडाको दोहोरो सम्झौता बिना निर्माण कार्य अगाडी बढाए जंगलको बिनास भएमा दुबै वडाको झडपसम्म हुनसक्ने वडा नंं १ का स्थानीयको आवाज रहेको छ ।  

त्यस्तै यसरी जनताको एक हस्ताक्षरित ज्ञापन पत्रको अवेज्ञा गरि आफूहरुको सुनुवाई नगरेर धमाधम वन विनास गरेका थाहा पाउँदा पनि जनप्रतिनिधीहरु मुख नखोलेका आरोप स्थानीयको छ । अब हामी मौन बस्ने वाला छैनौं, जनप्रतिनिधिलाई समेत गाउँ–गाउँबाट उठेर खवरदारी गर्ने स्थानीयको भनाई रहेको छ । 

एउटा मुख्य सडकले मार्तडी थामलेख सडक खण्ड जोडिसकेको हुदा–हुँदै जंगलको बिनास गरेर फेरी माझिगाँउको बाटो हुँदै जाल्पा देविसम्म जोड्ने सडकको निर्माण कार्यको थालनी भई घामताप्ने सम्म ल्याउनु भनेको एक तर्फी घमण्ड रहेको र यस विषयमा सम्बिन्धित निकायले समयमै ध्यान दिनु पर्ने नागरिक अगुवाको भनाई छ । 

विकासको कार्यलाइ वाधा गर्न त मिल्दैन तर भौनेरादेखि माझीगाँउ जोड्नु स्वाभाबिक हो जंगलको विनासै हुँने गरी मुल सडकको अवेज्ञा गरी माझिगाँउबाट घामताप्ने हुँदै जाल्पा देबिसम्म जोड्ने गरी सुचारु भैरहेको सडक निर्माण कार्यको रोकावट गर्न र यो कार्यको घोर बिरोध रहेको कुरा बडीमालिका नगरपालिका वडा न.ंं १ का स्थानीय मान बहादुर दानीले बताएका छन् । 

यो कार्यको समयमै रोकथाम नभए २ नम्बर वडा र १ नम्बर वडाबीच ठुलो विबाद हुने र ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकोले सो कुराको जिम्मेवारी सम्बन्धित वडाका जनप्रतिनिधिले लिनु पर्ने सोही वडाका अर्का स्थानीय अम्मर बहादुर कार्कीले बताएका छन । 



आइतबार ०५, बैशाख २०७८ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.