मौसम खराबीका कारण हेलिकप्टर आउन सकेन, अध्यक्ष रोकायालाई थप उपचारका लागि गाडीमा काठमाण्डौ लगिए

नजिक न्युज संवाददाता    

मौसम खराबीका कारण हेलिकप्टर आउन सकेन, अध्यक्ष रोकायालाई थप उपचारका लागि गाडीमा काठमाण्डौ लगिए

बाजुरा : गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायालाई मौसम खराब भएका कारणले हेलिकप्टर नआउने भएपछि गाडीमा उनलाई थप उपचारका लागि धनगढी हुदै काठमाण्डौ लगिएका छन् । रोकायासँग चिकित्ससहित स्वास्थ्यकर्मी टोली गएको छ ।

काठमाण्डौ लिनका लागि हेलिकप्टरको पहल भइरहेको थियो, मौसम खराब भएपछि भाेलि बिहान मात्र आउने भनेपछि गाडीमा धनगढी हुदै काठमाण्डौ लिएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन् ।  



शनिबार ०४, बैशाख २०७८ ०७:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.