गौमुल गाउँपालिका अध्यक्ष हरि रोकाया एक्कासि विरामी, थप उपचारका लागि काठमाण्डौ लगिने

नजिक न्युज संवाददाता    

गौमुल गाउँपालिका अध्यक्ष हरि रोकाया एक्कासि विरामी, थप उपचारका लागि काठमाण्डौ लगिने

बाजुरा : जिल्लाको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया एक्कासी विरामी भएका छन् । आज पालिकाको वडा नंं.२ तल्दुगुन गाउँमा जनताका सममस्या बुझ्न गएका अध्यक्ष रोकायालाई एकाएक छातीको समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएका गाउँपालिकाले जनाएको छ ।    

गाउँ–गाउँमा जनताका समस्या बुझ्न पुगेका रोकाया एक्कासी विरामी परेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएका थिए । उनको मुटुमा समस्या भएकोले थप उपचारका लागि काठमाण्डौ लिनु पर्ने जिल्ला अस्पता बाजुराका डाक्टर शेर बहादुर साउँदले बताएका छन् । 

डाक्टर साउँदका अनुसार अध्यक्ष रोकायाको मुटुका नलीहरु र रक्तसञ्चारमा समस्या आएकोले एक्कासी विरामी भएका बताए । उनलाई यस्ते समस्या देखा परेकोले छिटै थप उपचारका लागि काठमाण्डौ लिनु पर्ने बताएका छन् ।

उपचारका लागि काठमाण्डौ लिनका लागि हेलिकप्टरको पहँल भईरहेको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन् । उनले भने हेलिकप्टरको लागि गृहमन्त्रालयमा पत्रचार गरिएको बताए । नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा रहेको जानकारी प्राप्त भएको छ, काठमाण्डौ लिन थप पहल भईरहेका निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष रोकायालाई स्वास्थ्यमा दुई दिनदेखि समस्या भइरहेको थियो । शनिबार खाना खाईसकेपछि स्वास्थ्यमा झन जटिल भएपछि मल्दुगुनबाट बाकेर अस्पताल ल्याएको गाउँपालिकाले जनाएको छ ।अस्पतालका चिकित्सकका अनुसार हृदयघात भएको छ, रक्तसञ्चारमा समस्या भइरहेको र मुटुमा समेत समस्या भएको बताएका छन् । अध्यक्ष रोकाया मधुमेहबाट पनि ग्रसित रहेका छन् । 



शनिबार ०४, बैशाख २०७८ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.