बाजुराको तिपाडामा जीपबाट खसेर एकजना बालक गम्भीर घाइते, थप उपचारका लागि धनगढी लगियो

नजिक न्युज संवाददाता    

बाजुराको तिपाडामा जीपबाट खसेर एकजना बालक गम्भीर घाइते, थप उपचारका लागि धनगढी लगियो

बाजुरा : साँफे–मार्तडी सडक खण्डमा पर्ने बडीमालिका नगरपालिका–४ तिपाडा बजारमा चलिरहेको जीपबाट खसेर एक जना बालक गम्भीर घाइते भएका छन् । 

शुक्रबार  साँझ बाम्काबाट आउँदै गरेको जीपबाट खसेर सोही नगरपालिका–५ मनाका १२ वर्षीय सन्दिप विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जीप चालक देवेन्द्र साउँदले चलाएको सु.प.प्र ०१ ००१ ज १२०० नम्वरको जीपबाट झर्ने बेलामा खसेर बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लोकेन्द्रसिंहं ठगुन्नाले जानकारी दिएका छन् । 

उनले दिएको जानकारी अनुसार घाइते बालकको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरिक्षक ठगुन्नाले बताए । जीप चालक साउँद र जीप प्रहरीले निययन्त्रण्मा लिएको छ । शुक्रबार मात्र सुवाकाँधमा अटो दुर्घटना हुदा तीन जना घाइते भएका थिए । दुइ दिनमा दुर्घटनामा परी ५ जना घाइते भएका छन् । 



शनिबार ०४, बैशाख २०७८ १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.