कोरोनाले आमा गुमाएका बाजुराका ध्रुवले भ्वाइस अफ नेपाल’मा सबैलाई रुवाए !

नजिक न्युज संवाददाता    

कोरोनाले आमा गुमाएका बाजुराका ध्रुवले भ्वाइस अफ नेपाल’मा सबैलाई रुवाए !

बाजुरा : जिल्लाको गौमुल गाउँपालिका–६ टुनी विकट गाउँमा जन्मिएका १६ वर्षीइ ध्रुव विक ‘द भ्वास अफ’ नेपाल सिजन–३ को ब्लाइन्ड अडिसन राउण्डमा छनोट भएका छन् । सानैदेखि गित गाउन रुचि भएका विक अहिले ‘द भ्वास अफ’ नेपालको अडिसनमा छनोट भएका हुन ।  

कक्षा–२ मा पढ्दा स्कुलमा गाएको ‘मर्ने कसैको रहर हुदैन्..’ भन्ने गितले सामाजिक संजालमा भाइरल भए । सामाजिक संचालमा भाइरल भएपछि बाजुराबाट पीएनपी मिडियाले गित संगित सिकाउने र पढाईको समेत जिम्मा लिने गरी काठमाण्डौ लगिएका थिए । उक्त मिडिया गित सिकाउदै आएको छ ।

गरिब परिवारमा हुर्केका विक वनपाखा सुरिलो भाकामा गित गाउने गर्थे, सानै उम्मेरमा  विद्यालय तथा विभिन्न कार्यक्रममा गित गाएर सबैलाई चकित र रुवाउन्थे । गरिब र अभावकै कारण उनको गला र कला विक्न र चिनिन सकेन् । तर उनको एक गित सामाजिक संजालमा भाइरल भएपछि पीएनपी मिडिया बाजुरा पुग्यो जब बाजुरा उक्त मिडिया पुग्यो तब उनको कला र गलाले स्थान पायो, अहिले उनको लागि पीएनपी मिडिया भगवान बन्न सफल भएको छ । 

लामो समयपछि उनले स्थान पाएका छन् । ‘द भ्वास अफ’ नेपाल सिजन–३ को ब्लाइन्ड अडिसन राउण्डमा छनोट भइसकेका छन् । नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’को ब्लाइन्ड अडिसन राउन्डमा आफ्नै शैलीमा ‘जिन्दगी के छ र भर...’ गित गाएर कोच दिप श्रेष्ठलाई घुमाउन सफल भएका थिए । तर शोको सातौँ दिनमा भने विकले सबै जजहरुलाई रुवाएका छन् । 

विकले लकडाउनमा आमाको उपचार हुन नपाएर अकाल्मै ज्यान गएको भनेपछि उनको कुरा सुनेर भ्वाईसको माहोल सुनसान भएको थियो भने सम्पुर्ण जज स्तब्ध भएका थिए ।

उनले आफ्नी आमालाई सम्झिएर जिन्दगीको के छ र भर गित रोजेका थिए । बिकलाई आमाको गायक बनाउने ठूलो सपना थियो । सानैदेखी आमाले आफुलाई गित सिकाउने गरेकी थिइन् तर आज त्यो सपना आमा देखाउन सकिन धुर्व बताए । लकडाउनमा बुबा क्वारेन्टाइनमा उता आमाको कोरोना कारण मृत्युले मुख हेर्न नपाएको दुख व्यक्त गरे ।



शनिबार २८, चैत २०७७ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.