वायु प्रदूषण कम हुँदै, हानिकारक अवस्थाबाट केही सुधार

नजिक न्युज संवाददाता    

वायु प्रदूषण कम हुँदै, हानिकारक अवस्थाबाट केही सुधार

काठमाण्डौ  : नेपालमा वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ । वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ ।

अति हानिकारक अवस्थाबाट सुधार भएर अति अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ । २ सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । अहिले नेपालको एक्यूआई २३४ मापन गरिएको छ ।

वायु प्रदूषण कम हुँदै गएको भए पनि प्रदूषणमा विश्वको सूचीमा पहिलो नम्बर भने कायमै रहेको छ । काठमाण्डौ विश्वकै प्रदूषित सहरमा पहिलो नम्बरमा सूचीकृत भइरहँदा भारतको नयाँदिल्ली दोस्रो स्थानमा रहेको छ । यस्तै चीनको सिनयाङ तेस्रो, साउदी अरेबियाको रियाद चौथो र पाकिस्तानको कराँची पाँचौँ स्थानमा रहेको छ ।



बिहिबार २६, चैत २०७७ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.