कञ्चनपुरमा लागु औषधसहित २ युवायुवती पक्राउ

नजिक न्युज संवाददाता    

कञ्चनपुरमा लागु औषधसहित २ युवायुवती पक्राउ

धनगढी : कञ्चनपुरमा लागु औषधसहित २ जना युवायुवती पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोमबार २ जना युवायुवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बजार क्षेत्रबाट १९ वर्षीय सन्जोग भण्डारी र १८ वर्षीया प्रिति मडैलाई पक्राउ गरिएको जानकारी दिए।

उनकाअनुसार उनीहरुको साथबाट शून्य दशमलव ७२ ग्राम चरेश र शूल्य दशमलव १५ ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  



मङ्गलबार २४, चैत २०७७ ०७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.