श्रीमतीलाई माइतीमा बसालेको भन्दै सासू–ससुरामाथि खुकुरी प्रहार

नजिक न्युज संवाददाता    

श्रीमतीलाई माइतीमा बसालेको भन्दै सासू–ससुरामाथि खुकुरी प्रहार

काठमाडौं: सासु ससुरालाई खुकुरी प्रहार गरेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–३ कालीकास्थित स्यालाका २८ वर्षीय अनराम रोका मगर पक्राउ परेका छन्। 

५५ वर्षीय ससुरा भविलाल रोका मगर र  ५२ वर्षीय सासु लालसरी रोका मगरलाई उनले खुकुरी प्रहार गरेको दैलेख प्रहरीले जनाएको छ।

आफ्नी श्रीमतीलाई ४/५ महिनादेखि माइतीमा बसालेको भन्दै अनरामले सासु ससुरालाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए। खुकुरी प्रहारबाट घाइते भएका भविलाल र लालसरीलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। 



आइतबार २२, चैत २०७७ ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.