अमिर र सुष्माको छामेला गोइलो

नजिक न्युज संवाददाता    

अमिर र सुष्माको छामेला गोइलो

काठमाडौं : गीतकार विजय तामाङ र अनु लामाले लेखेको नयाँ गीत ‘छामेला गोइलो…’को भिडियो बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट यो गीतको भिडियोमा एक पत्रकार भेटघाट मात्र सार्वजनिक गरिएको छ । यो गीतलाई गायक विशाल काल्तान र सुमिना लोले गायका हुन् । गीतमा संगीत पनि उनैले गरेका हुन् । जसमा चाँद सिंहको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्रका अभिनेता अमिर दोङ र नायिका सुष्मा मोक्तान, रमेश लामा, बिना लोप्चन, कुइसाङ रुम्बा र पदम दोङको अभिनय छ । म्युजिक भिडियोलाई निर्देशन पनि अमिर दोङले निर्देशन गरेका हुन् । भिडियो भीषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सूर्य लामाले सम्पादन गरेका हुन् । 



आइतबार २२, चैत २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.