कुमारी बैंकद्वारा सुदूरपश्चिमको विभिन्न स्थानमा सरसफाइ

नजिक न्युज संवाददाता    

कुमारी बैंकद्वारा सुदूरपश्चिमको विभिन्न स्थानमा सरसफाइ

धनगढीः कुमारी बैंक लिमिटेडले आफ्नो २० औं स्थापना दिवसको अवसरमा शनिबार सुदूरपश्चिमको विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रम गरेको छ।

आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत प्रदेशस्थित विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेको बैकका प्रदेश प्रमुख दीपक खनालले बताए। प्रदेश कार्यालय र कन्चनरपुर शाखाको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय तथा नगर प्रहरी समेतको समन्वयमा महेन्द्रनगर वजार परिक्रमा गरि सरसफाइ तथा डस्टवीन वितरणको कार्यक्रम गरिएको थियो। 

बैकको धनगढी शाखाले धनगढीस्थित शिवपुरी धाममा सरसफाइ तथा डस्टवीन वितरण गरेको छ। बैकको अत्तरिया शाखाले गोदावरी पर्यटन क्षेत्र तथा पिकनिक स्पट सरसफाइृ तथा ट्राफिक कार्यालयलाई डस्टवीन वितरणको गरिएकोे छ।

बैंकको लम्की शाखाले लम्की बहुमखी क्याम्पसमा वृक्षरोपणको कार्यक्रम गरेको छ। लाइन्स क्लब अफ लम्कीसँगको सहकार्यमा लम्की बजार क्षेत्रमा किटनासक औषधी छर्कनुका साथै सरसफाइको कार्यकम गरेको जनाइएको छ। वैकको डडेल्लधुरा शाखाले उग्रतारा माताको दरवार(मन्दिर) परिसरको सरसफाइ तथा डस्टवीन वितरण गरेको छ।

बैकले बैतडीस्थित ग्रमीण भेगमा रहेको डिलाशैनी शाखाले वेतालेश्वर मन्दिर सरसफाइ तथा डस्टवीन वितरण गरेको छ। 

बैंकको वमmाङस्थित दुर्गाथली शाखाले वृक्षरोपण तथा सरसफाइ गरेको बताइएको छ। हाल वैकको देशैभरि १९२ शाखा, १६२ वटा एटीएम, २५ वटा शाखारहित वैकिङ्ग सेवा तथा १३ वटा एक्सटन्सन काउन्टर तथा केविल रेमिटेन्स रहेको छ।



शनिबार २१, चैत २०७७ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.