सुदूरपश्चिममा भित्रियो ‘नयाँ प्रकार’को कोरोना, ३ जनामा संक्रमण पुष्टि

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा भित्रियो ‘नयाँ प्रकार’को कोरोना, ३ जनामा  संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ३ जनामा नयाँ प्रकार(भेरियन्ट)को कोरोना संक्रमण पुस्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुस्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। 

‘हामीले नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं’ उनले भने, ‘ती मध्ये ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको छ। तर कुन प्रकारका हो भनेर पुस्टि भएको छैन।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइशोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 



शनिबार २१, चैत २०७७ ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.