काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ११ बजे सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, बजगाईंले भने ।
प्रतिकृया दिनुहोस