हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठनमा समस्या

प्रमित वि‌क‌    

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठनमा समस्या

बाजुरा : जिल्लाको गौमुल गाउँपालिका वडा नं.६ सालिकोटमा हावाले विद्यालयको छानो उडाएको छ । हावाहुरीले नवज्योती आधारभुत विद्यालयको भवन पूर्ण रुपमा क्षति भएको हो । विद्यालयको छानो उडाएपछि पूर्ण रुपमा क्षतिग्रस बनेको छ । आज दिउँसो आएको हावाहुरीले छानो मात्र नभएर अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको विद्यालयले जनाएको छ ।  

विद्यालयका शिक्षक सुरेन्द्र रोकायाले भने–‘ढुङ्गा माटोको गाह्रो र जस्ताको छानो थियो सबै ध्वस्त भएको छ । जस्ताको पाताले छाएको विद्यालय हावाले उडायो अब पठनपाठनमा समेत असर पुग्ने उनले बताए । विद्यालयको भवनमा हावाहुरीले ठुलो क्षति पु¥याएको र अरु विकल्प नभएसम्मका लागि पठनपाठनमा असर पुग्ने शिक्षक रोकायाले बताएका छन् । 

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै बन्द रहेको विद्यालय आइतबारबाट नियमित पठनपाठन सुरु हुनेभएको छ । आइतबारसम्म कुनै अरु विकल्प नभए पठनपाठनमा प्रभावित हुने विद्यालयले जनाएको छ । 

उक्त विद्यालयमा कक्षा–५ सम्म अध्ययन हुँदै आएको छ । कोरोना कारण लामो समयसम्म बन्द भएको उक्त विद्यालयमा छाना उडाएपछि पुन पठनपाठन प्रभावित हुने भएको हो । वार्षिक परिक्षा समेत नजिकीदै गर्दा फेरी हावाहुरीले छानो समेत उडायो अब थप पढाई ग्याप हुने विद्यालयका प्रधानाध्यापक चित्रबहादुर रोकायाले बताएका छन् ।

हावाहुरीले हरिक वर्ष दुःख दिदै आएको छ । विद्यालयको छानो यो पटकको लागि दुई पटक हावाले उडाएको शिक्षक सुरेन्द्र रोकायाले बताएका छन् । उनले भने । धेरै पुरानो जस्ताको पाता हुनाले खिया लाग्नाले पटक–पटक यो समस्या आउन थालेको बाताए । 

विगत लामो समयसम्म सम्बन्धित निकायसंग पक्की भवनको लागि हारगुहार गरेपनि भवन बनाउन कसैले चासो नदेखाएपछि हरेक वर्षको यो समयमा पठनपाठनमा विद्यालय समस्या झेल्दै आएको उनको भनाई छ । फेरीपनि सम्बन्धित निकायले ध्यान नदिए यस्तै समस्या झेल्नु पर्ने स्थानीयको भनाई छ ।   
 



शुक्रबार २०, चैत २०७७ ०६:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.