नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ओलीको उम्मेदवारी

नजिक न्युज संवाददाता    

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ओलीको उम्मेदवारी

बाजुरा : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओलीले उम्मेदावारी दिएका छन् । नेपाल पत्रकार माहसंघको निर्वाचन मिति नजिकिएसंगै उम्मेदावारी घोषणाको क्रम तीब्र भएको छ । 

महासंघको नयाँ नतृत्व चयनका लागि निर्वाचन यहि चैत २५ गते तोकिएको छ । केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकैपटक हुने भएको छ । यसैबीच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा ओलीले उम्मेदवारी दिएका हुन ।

नेपाल पत्रकार महासंघ बाजुरा जिल्ला शाखाका पूर्वसचिव समेत रहेका ओली हाल प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजक, रेडियो बाजुराका इस्टेशन प्रवन्धक समेत हुन । उम्मेदवारी घोषणा गर्दै ओलीले श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकार कार्यान्वयनका लागि प्रदेशस्तरमा आयोगको स्थापना गर्ने पहल गर्ने, बोल्ने, देख्ने र सुन्ने पत्रकार महासंघ बनाउने योजना रहेको बताएका छन् ।

त्यस्तै पत्रकारको क्षमता वृद्धि अभियान, प्रदेशका संचार माध्यमलाई समानुपातिक विज्ञापनका लागि पहल गर्ने, पत्रकार मात्र हैन संचार संस्था पनि बचाउने अभियान सन्चालन गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको ओलीले बताए । सुदूरपश्चिम प्रदेशबाट अध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन् । जसमा दिल छत्याल, कृष्ण ओली, उपाध्यक्षमा लक्ष्मण तिवारीले उम्मेदावारी दिएका छन् । भने महिला उपाध्यक्षमा रेणु कार्की कञ्चनपुरबाट दिएकी छन् । 

त्यस्तै महासचिवमा शिवराज भट्ट कैलाली, सचिव खुला  नरेन्द्र कार्की दार्चुला, सचिव समावेशी बसन्त बिश्वकर्मा बाजुरा, कोषाध्यक्ष नरेश कुमार शाही अछाम, खुला सदस्य जनक खड्का बझाङ, चन्द्र थापा अछाम, धनश्याम सागर पन्त बैतडी, हरिसचन्द्र बाग कंचनपुर, दिर्घ जोशी डोटी, दलित सदस्य धनबहादुर विक कञ्चनपुर, अपांग÷अल्पसंख्यक सदस्य नहकुदेव जिसी कैलाल, महिला सदस्य विमला रावल बाजुरा, सविता विष्ट कंचनपुर, भुबि विष्ट बैतडी र आदिबासी ÷जनजाति सदस्य रामचन्द्र चौधरी कुस्मिले कञ्चनपुरबाट उम्मेदवारी दिएका छन् ।   



बिहिबार १९, चैत २०७७ ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.