१८ महिने कुपोषित बालिकाले पाइनन उपचार

नजिक न्युज संवाददाता    

१८ महिने कुपोषित बालिकाले पाइनन उपचार

बाजुरा :  कुपोषणको सिकार बनेको सुमित्रा नेपालीको आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएको छ । १८ महिनाकी नेपाली तीन महिना देखि कुपोषणकै कारण थला परेकी छन् । तर उपचारका लागि परिवारसँग आर्थिक श्रोत अभावकै कारण उपचारमा समस्या भएको हो । 

त्रिवेणी नगरपालिका ९ पैमाकी सुमीत्रा आमा भूजा नेपालीको साहरामा छिन् । बुबा धर्म नेपालीको भारतको दिल्ली स्थीत सीमापुरीमा गएको फागुनमा मात्र मृत्यु भएको हो । निकटका व्यक्तिबाट मारिएको भनिएपनि न्यायका लागि बोलिदिने कोही नभएपछि उनको मृत्युपनि रहस्यमै लुकेको छ ।

No description available.भुजा नेपाली दुई छोरी सहीत गएको भदौमा मात्र नेपाल फर्किएकी थिईन् । त्यो बेला पनि उपचार गराएर नेपाल आएका थिए । जमिन्दा पौने ३ केजी थियो । पछि विस्तारै खानपानमा समस्या हुँदा दुब्लाउँदै गएको सुमित्राकी आमा भुजाको भनाई छ । ३५ वर्षकी भूजासँग दुई छोरी छन् । छोरा जन्मिए केही महिनामै गुमाएकी थिइन् ।  

भारतबाट घर आउँदासम्म सन्चै थियो । पछि बीचमा दुब्लाउँदै गएपछि उपचारका लागि स्वास्थ्य संस्था लिए । धेरै औषधी खुवाएपनि निको नभएको आमाले दुखेसो रहेको छ । टाढा जान सकिएन, नजिकैको बडिमालिका शहरी स्वास्थ्य केन्द्रमा लिँदा केही निको भएन भुजाको गुनाुसो छ ।

हाल सुमित्रा साढे ४ केजीकी मात्र छन् । उमेर अनुसार १० केजी कम्तीमा हुनु पर्ने स्वास्थ्य कर्मीको भनाई छ । हामीले उपचार गर्न नसक्ने भएपछि स्वास्थ्य चौकी लैजान भनेका हौं, तौल निकै कम छ, कुपोषण नभएको जस्तो छ, बडिमालिका शहरी स्वास्थ्य केन्द्रकी अनमी सीता खत्रीको भनाई छ ।

धेरै पटक उपचारका लागि आउनु भएको हो, खानाकै समस्या र उपचारमा भएको ढिलाइ नै हो, अनमी खत्रीले भन्नु भयो । आर्थिक रुपमा परिवार कमजोर छन् । उपचारका लागि घरको दैला बाहिर जान सक्ने अवस्था नै छैन्, राम्रो पालन पोषणकै अभावमा त्यो अवस्थामा आएको भन्नु हुन्छ स्थानीय समेत रहेका महिला अभियान्ता जानकी खत्री । 

गाउँमा पनि नजिकका छिमेकी बाहेक सासु ससुरा पनि कोही छैनन् । साहरा दिने र सहयोग गर्ने कोही नभएपनि काखमै मर्छ होला आमा भूजाले रुदै भन्नु भयो । कुपोषित बच्चालाई खुवाउने आरयूडिएफ पनि खुवाउँदा पनि निको नभएको आमा भूजा नेपालीको गुनासो छ ।

नगरपालिकासँग पनि दुख सुनाए, जनप्रतिनिधी र गाउँका अगुवालाई पनि भने कसैले सुनिदिएन्, अब छोरीको मृत्यु कुरी बस्नु बाहेक विकल्प छैन्, जस्तो लाग्छ भूजाले सुनाउनु भयो । गाउँमा पोषण कमीकै कारण दर्जनौ बालबालिका कुपोषणको सिकार बन्न बाध्य छन् ।

 



शनिबार १४, चैत २०७७ ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.