सबिताको ‘ढाँटे मरिजाम’

नजिक न्युज संवाददाता    

सबिताको ‘ढाँटे मरिजाम’

काठमाडौं : गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ। मञ्जरी म्युजिकको युट्युबबाट सार्वजनिक भएको यो गीतको शब्द सबिता पोखरेलले लेखेकी हुन्।

गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन्।

भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अञ्जु सुनारको अभिनय छ। कपिल कार्कीको निर्देशनमा बनेको यो गीतको म्युजिक भिडियोलाई बालकुमार मगरले छायांकन तथा सम्पादन गरेका हुन्। भिडियोको कोरियोग्राफी सुनीलकुमार मगरको छ। गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षा दिँदै आएकी गायिका मञ्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीत बजारमा आइसकेका छन्।



शनिबार १४, चैत २०७७ ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.