कोल्टी बजार अनुगमन, दर्ता विनाका पसल सञ्चालन नगर्न निर्देशन

मनोमानी मूल्य लिने र मूल्य सूची नराखेरै विक्री वितरण गर्ने गरेको पाइयाे

नजिक न्युज संवाददाता    

कोल्टी बजार अनुगमन, दर्ता विनाका पसल सञ्चालन नगर्न निर्देशन

बाजुरा : बजारमा अखाद्य बस्तुहरु भेटिएको गुनासो आउन थालेपछि कोल्टी बजार अनुगमनलाई तिब्रता दिइएको छ । बुढीनन्दा नगरपालिकाले कोल्टी बजार क्षेत्रका सबै जसो पसलमा पुगेर अनुगमन गरिएको नगर उपप्रमुख एवं बजार अनुुगमन समिति संयोजक सृष्टी रेग्मीले बताएकी छन् ।

मार्तडी पछिलो दोस्रो ठूलो कोल्टी बजारमा व्यापारीले मनोमानी मूल्य लिने, मूल्य सूची नराखेरै विक्री वितरण गर्ने, दर्ता विनाकै पसल सञ्चालन गर्ने र अखाद्य बस्तु विक्री गर्ने गरेको सूचना पछि अनुगमन गरिएको उपप्रमुख रेग्मीले बताएकी छन् ।

नियमित अनुगमन भइरहेको थियो, यो पटक पछि त्यसैको निरन्तरता स्वरुप नगरपालिका स्तरीय अनुगमन समितिकै अग्रहसरतामा बजार अनुगमन गरिएको उपप्रमुख रेग्मीको भनाई छ ।

No photo description available.कोल्टी बजारमा ४ वटा स्थानीय तह सहीत मुगु, जुम्ला, हुम्ला र कालिकोटका स्थानीयले समेत व्यापार व्यवसाय सञ्चालन गरिहेका छन् । मुख्य व्यापारीक केन्द्र रहेको कोल्टी बजारका १ सय बढी पसलको अनुगमन गरिएको छ ।

अनुुगमनका क्रममा अखाद्य बस्तुु भेटिनुका साथै ब्यवसाय दर्ता भएको, नवीकरण प्रमाण पत्र नभएको र मूल्य सूची विनै व्यवसाय गरिरहेको पाईएको समितिले बताएको छ । 

निजी औषधी मेडिकल अनुुगमन गर्दा एकजना भन्दा बाहेक कसैको पनि प्रमाण नभेटिएको र नभेटिएका मेडिकललाई तीन दिन भित्र काजगपत्र पेश गर्न निर्देशन दिएको छ । 

May be an image of one or more people and indoorसमितिले खाद्य पदार्थको गुणस्तरको निरीक्षण मार्फत अखाद्य बस्तु सुजि, बिस्कुट, पीय पदार्थ बरामद गरि नष्ट गरेको छ । अनुगमनका क्रममा समितिले दर्ता प्रक्रियामा नआएका ब्यवसायलाई १५ दिनको म्याद दिएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताएका छन् ।

१५ दिन भित्र प्रक्रियामा नआए कानुुन अनुसार कारवाही पक्रिया अघि बढाउने नगरपालिकाले बताएको छ । कोल्टीमा व्यापारीले खुलेआम अखाद्य बस्तु विक्री गर्ने गरेको गुनासो आउने गरेको थियो ।

May be an image of 2 people, people sitting and people standing



शुक्रबार ०६, चैत २०७७ ०८:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.