धुरालसैन माविमा बन्यो बाल विकास केन्द्रको भवन, भव्य समाराेहका बीच गरियो उद्घाटन

नजिक न्युज संवाददाता    

धुरालसैन माविमा बन्यो  बाल विकास केन्द्रको भवन, भव्य समाराेहका बीच गरियो उद्घाटन

बाजुरा : धुरालसैन माविमा निर्माण गरिएको प्रारम्भीक बाल विकास केन्द्रको भवन उद्घाटन गरिएको छ । प्रारम्भीक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्माण गरिएको बालमैत्री भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । 

भवनको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाह र गुड नेवर्स इन्टरनेशनलका देसीय निर्देशक जे क्यूग रो ले उद्घाटन गरेका हुन् । भवन पीसविन र गुड नेवर्स इन्टरनेशनलको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजना र वडा कार्यालयसँगको सहकार्यमा निर्माण गरिएको गुड नेवर्स इन्टरनेशनलका बाजुरा संयोजक खडक बहादुर बोहराले बताएका छन् ।

गुड नेवर्स इन्टर नेशनल र पीसविनको २९ लाख ३८ हजार २ सय २५, वडा कार्यालयको ८ लाख समुदायको श्रमदान १६ हजार सहीत अन्य व्यवस्थापन खर्च गरेर ३७ लाख ५४ हजार ३ सय २३ रुपैष खर्च लागतमा निर्माण गरिएको प्रधानाध्यापक महासिंह थापाले बताएका छन् ।

भवनको भव्य कार्यक्रमका बीच भवनको उद्घाटन सहीत हस्तान्त्रण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रणवहादुर थापा बताएका छन् । परियोजनाका देसीय निर्देशक सहीतको टोली नै विद्यालयमा पुगेपछि अतिथिलाई बाजागाजा सहीत स्वागत गरिएको थियो । हुर्केउली देखि साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

No description available.अध्यक्ष थापाकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख दिपक विक्रम शाह रहनु भएको थियो । भने उपप्रमुख तारा खाता र गुड नेवर्सका देसीय निर्देशक जे क्यूग रो, कार्यबहाक वडा अध्यक्ष लली थापा, पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावल, गिफ्टका कार्यकारी निर्देशक कृष्ण अधिकारी, गुड नेवर्सको टिम सहीतको उल्लेख्य सहभागिता रहेको पीसविन सामुदायिक विकास परियोजनाका प्रमुख टेकबहादुर थापाले बताएका छन् ।

कार्यक्रममपा नगर प्रमुख दीपक विक्रम शिक्षा विकासमा गुणस्तर सुधारका लागि पीसविन र गुड नेवर्स इन्टरनेशनले ठूलो योगदान पुर्याएकोमा प्रंशसा गरेका छन् । नगर क्षेत्र भित्रका बालबालिकाको शिक्षा स्वास्थ्य सहीत विद्यालयको संरचना निर्माणमा ठूलो सहयोग पुगेको बताएका छन् ।

No description available.कार्यक्रममा गुड नेवर्सका देसीय निर्देशक जे क्यूग रो प्रारम्भीक बाल विकास केन्द्रको भवन संस्थाको भनेर नबुझी आफ्ना सन्तान र बालबालिकाको भविष्य निर्माणमा योगदान पुर्याउने हो भनेर ग्रहण गर्न आग्रह गरेका छन् । 

उहाँले दुर्गम जिल्लामा आइपुगेर बाल विकास केन्द्रको भवन निर्माण गर्न पाउँदा गुड नेवर्सलाई खुसी लागेको र यो सन्देश कोरियाका भवन निर्माणमा सहयोग गर्ने बालबालिकालाई सुनाउने बताएका छन् । कार्यक्रम विद्यालय प्रागणमा आयोजना गरिएको थियो । 



शुक्रबार ०६, चैत २०७७ १०:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.