गौमुल गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

रमित विक    

गौमुल गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

बाजुरा : जिल्लाको गौमुल गाउँपालिकामा गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारबाट शुभारम्भ भएको छ । गाउँपालिको केन्द्र घट्मुनामा गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि तेस्रो राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा ६ वटै वडा भित्रका आधारभुत र मावि तहका विद्ययालयहरुले प्रतियोगितामा भागलिएका छन् । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले गर्नुभयो । रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्नु हुदैँ उहाँले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै उनीहरुलाई अनुशासित र एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालय क्षेत्रमा विद्यार्थीहरुलाई तन्दुरुस्त बनाएर सबै क्षेत्रमा उत्तिकै प्रभावकारी लामो लक्ष्य अनुरुप नै खेल क्षेत्रको विकास गदैं लामो उद्देश्य लिएर हिडेकोमा जोड दिनुभएको छ । उद्देश्य पूरा गर्नेका निम्ति आफुहरु सरकारमा हुदाँ र नहुदाँ पनि नियमित रुपमा लाग्ने बताएका छन् ।    

स्थानीय सरकारले सबै भन्दा बढी विद्यालय क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै अध्यक्ष रोकायाले विद्यालयहरुका भौतिकपूर्वाधार, खेलमैदान लगायत वातावरणलाई प्रभावकारी बनाई विद्यालयमा पठन–पाठनको थप सुधार गदैं अघि बढीरहेको बताए । 

नेपाल सरकारको नीतितथा कार्यक्रम अनुसार नै कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । खेल क्षेत्रमा मात्र नभई समग्र शिक्षा क्षेत्रमा नै अभिभावक, शिक्षक र विद्यार्थीहरुले लगनशिल र अनुशासित भएर लाग्न सुझाव दिनुभएको छ । गाउँपालिकाबाट उत्कृष्ट प्रतिभा छनौट गरी जिल्ला प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागि हुने गरी प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, कबडी छात्रछात्रा, छात्रछात्रा दौड, छात्रछात्रा हाईजम्प, छात्रछात्रा लङ्गजम्प, छात्रछात्रा सटफुट, ज्याप्लिङ्ग थ्रो  ट्रिपल जम्प लगायतका खेलहरु सञ्चालन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता थापा, ६ वटै वडाका वडा अध्यक्ष, एमाले गौमुल गाउँ कमिटी अध्यक्ष देब बहादुर रोकाया गायत जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लगायत प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । 

शुक्रबार संचालन भएको पहिलो चरणका खेलहरुमा छात्र छात्रा १ सय मिटर  दौड, ८ सय मिटर दौड, लङ्गजम्प, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याप्लिङ्ग थ्रो खेलहरु सकिएका छन् । जसमा अम्लिस मावि प्रथम, फुलपाटा मावि द्धितिय र जनज्योति मावि सान्वना स्थान ल्याउन सफलभएको खेल प्रशिक्षक दलबहादुर रोकायाले जानकारी दिनु भएको छ । 

सेमिफाईनलका खेलहरु आज विहाना ८ बजेबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ । खेलको प्रशिक्षकको रुपमा जहरसिंह थापा, विक्रम शाह र दलबहादुर रोकायाले भूमिका खेलिरहनु भएको छ । 



शनिबार २९, फागुन २०७७ ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.