मलाई छोरी नै हुन देऊ !

नजिक न्युज संवाददाता    

मलाई छोरी नै हुन देऊ !

विमला रावल 
मलाई यो समाजमा पीडा हुँदा रोएर बस्नु छैन्, बिभेद हुदा संघर्ष गर्नुछ, अन्यायमा पर्दा त्यसको सामना गरेर न्याय खोज्नु छ । नारी भएर नारीका आवाजलाई बुलन्द  तरिकाले उठाउनु छ । मेरो मनमा जरा गाडेको पृतिसतात्मक सोचलाई उखेलेर फाल्नु छ । हो एउटा छोरी मान्छे भएर इज्जत र आत्मसम्मानका साथ बाँच्नु छ । कसैको साहारा विना पनि एक्लै संघर्ष गर्न सक्ने बन्नु छ । 

छोरी भएकै कारणले मेरो १५ वर्षको भाइको सुरक्षामा हिड्नु छैन, मलाई छोरी भएर नै आत्मनिर्भर बन्नु छ । त्यसैले मलाई छोरी मान्छे भएर नै रहन देउँ । म पनि एक छोरी मान्छे हुँ, मैलै पनि छोरी हँुदाका दुःख, कष्ट, पीडा र लान्छना धेरै थोरै भएपनि भोगेकी छु, सुनेकी छु र त्यो भन्दा बढी देखेकी छु । 

एउटा महिला अर्थात छोरी मान्छेले विवाह पछि छोरा नभएकै कारण धेरै छोरी जन्माउनुको पीडा, परिवारले गर्ने व्यवहार र समाजले छोरा नभएकै कारण लगाइने लाञ्छना र हेर्ने दृष्टिकोणको र वहुविवाह गरेको सानैदेखि अनुभव छ ।  छोरी भएकै कारणले समयमै विवाह गरेर घर सम्हाल्ने संकार सिकाइन्छ, विवाह भइसकेपछि श्रीमानको घरमा जतिसुकै हिंसा, दुव्र्यवहार, शोषण हुदा पनि तिमी उफ समेत नगरेर इज्जतले बसेर घरवार चलाउ भनेर सिकाइन्छ ।  

न कि तिमीलाई कुनै किसीमको दुःख पर्दा वा हिंसा हुदा तिम्रो पनि घर छ फर्केर आउ भन्न सक्ने आँट हाम्रा कसैका आमावुबा र दाजुभाइलाई नै छ  । छोरी भएकै कारण जहाँतही आफ्नो समस्या भन्न पाइदैन । केही भइहाले पनि घर सम्हाल्न नसकेकी बिग्रकी आइमाईको संज्ञा दिइन्छ । यस्मा नै मेरो आपत्ती हो । 

त्यो सुदुरपारी र कणाली जस्ता ग्रामिण क्षेत्रमा  हजारौ महिला अर्थात नारीहरु यहि पीडा लिएर बाँचिरहेका छन् । जतिसुकै हिंसा, दुब्र्यवहार भएपनि सहन बाध्य छन किनकी उनीहरु आत्मनिर्भर हुन सकेका छैनन् । उनीहरुमा आत्मनिर्भर भएर बाँच्न सक्ने कुनै पेशा नै छैन् । किनकी उनीहरु अशिक्षित छन् दुनियादारी जानेको छैन । उनीहरुलाई २।४ जनाको अगाडि बोल्न त के ठाडो शिर गरेर उभिन पनि डर लाग्छ, । 

राजधानी लगायतका अन्य शहरका ठुला–ठुला होटेल र रेष्टुरेन्टमा नारीवादी समाज , नारी समानता र समान सहभागिताका कुरा गरिरहदा कताकता मनमा चसक्क बिझेर आउँछ । जबकी ति ग्रामिण क्षेत्रका नारीहरुलाई रातदिन गिट्टी कुटेर, रातदिन मेलापात र हाटबजारको भारी बोकेर छाक टार्न पनि धौधौ छ । 

छोरा मान्छे स्वतन्त्र रुपले दिनभरि डुलेर ,पाटीपौवा होटेल चौतारा लगायत विभिन्न ठाउँहरुमा शिक्षाका कुरा गर्छन, राजनीतिका कुरा गर्छन, परिवर्तनका कुरा गर्छन, आर्थिक र सामाजिक, राष्ट्रिय, अन्र्तराष्ट्रिय लगायत विभिन्न सन्दर्भका कुराहरु गरेर बस्छन् र राती अबेर घर फर्किन्छन् । 

सबै कुरा सुन्ने बुझ्ने र जान्ने सवै अवसर पाउँछन र भनिन्छ छोरो सबै कुरा जान्ने भलाद्मी भइसक्यो । र त्यहि जान्नेको भलाद्मी छोराले नै पछि हिंसा गर्छ, छोरी धेरै जन्मिदा छोराको चाहनाले बहुविवाह गर्छ । छोरी मान्छे कहिलेकाही घरवाहिर निस्केर अबेर आउदा दशौ प्रश्नको जवाफ दिनुपर्छ । धेरै डुल्नुहुदैन, कसैका कुरा सुन्नुहुदैन भनेर सामाजिकरणमा रोक लगाइन्छ, अनि भनिन्छ छोरा मान्छे सक्षम हुन्छन् र तिनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।   

कहाँ छ शसक्तीकरण ? 
महिलाहरुलाई आत्मसम्मान, आत्मविश्वास, र शक्तिको अनुभूति गराउने गरी सक्षम बनाइनुपर्छ । तत्कालिन असमान  राजनैतिक, आर्थिक र सामाजिक संरचनालाई चुनौति दिन सक्नुपर्छ र त्यस्ता असमानतापुर्ण क्षेत्रहरुमा आमुल सुधार गर्न जरुरी छ । के हाम्रो समाज यसमा सहमत छ र ? के हाम्रो राज्य तथा स्थानीय निकायले यसवारे बनाइएका नीती कार्यवन्यन गर्न सफल छ र ? 

महिलाहरुको विकास तवसम्म सम्भव हुदैन जवसम्म उनीहरुलाई पितृसत्तात्मकता र असमानतावाट मुक्त राख्न सक्षम तुल्याइदैन । शसक्तीकरणलाई केवल लिङ्ग सम्वन्धहरुसँग मात्र जोडिनु मात्र उपयुक्त हुदैन । बरु यसलाई महिलाहरुसँग सम्बन्धित एउटा मुद्दाका रुपमा लिइनुपर्छ  ।  

नारीवादले महिला र पुरुषवीचका असमानतालाई अस्वीकार गरेर महिलाको बौद्धिक एवं व्यवहारिक शसक्तीकरण गरिनुपर्नेमा जोड दिन्छ । महिलाहरु पितृसतात्मक व्यवस्थाद्धारा जहासुकै उत्पीडित छन् र हिंसात्मक रुपवाट समेत पीडित छन् । जबसम्म सत्ता, शक्ति र सम्पतिमा समान अधिकार र सहभागिता हुदैन तवसम्म शसक्तिकरण सम्भव छैन् ।

यसका लागि सवैको व्यक्तिगत आयमा बृद्धि,रोजगारीमा पहुँच, सम्पतिमा स्वामित्व, व्यक्तिगत स्वतन्त्रता, विभेद र असमानताको अन्त्य, समाजमा उचित स्थान ,घरायसी  र अन्य निर्णय प्रक्रियामा सहभागिता र स्वतन्त्रताको प्रत्यभुति गराउन जरुरी छ । 

महिला शसत्तिकरण सम्वन्धि थुप्रै कार्यक्रमहरु त थुप्रै चलाइए हाम्रा स्थानीय तहरुमा, कहिले महिलासँग उपमेयर कार्यक्रम चलाइए भने कहिले छोरीहरुका लागि छोरी । ती कार्यक्रमहरुले  कति छोरीहरु अर्थात महिलाहरु लाभान्वित भए । यसले के साच्चिकै उनीहरु जीवनशैलीमा प्रभाव परेको छ कि छैन भनेर जाच्न पनि जरुरी छ । यदि छैन भने यसको आयाम वदल्न जरुरी छ । स्थानीय तहले निर्माण गरेका योजना र नीतिमा सुधार गर्न जरुरी छ । 

आफ्नो समुदाय, वडा, गाउपालिका÷नगरपालिका र जिल्लामा कति गरिव परिवारका छोरी अर्थात महिला मान्छेहरुले उच्च शिक्षा र प्राविधिक शिक्षा प्राप्त गर्न पाएर सक्षम बन्न सके भनेर लेखाजोखा गर्न जरुरी छ । यदि पाएन भने किन पाउन सकेनन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरी हो । यसैका लागि हो संघियता । 

के समाज बदलिन जरुरी छ ! 
विकासको एक हिस्सा नेै हो शसक्तिकरण । हामी चाहन्छौ पुरुष महिला समान हुन । हामीले पितृसत्ता हटाउने प्रयास गर्यौ तर त्यसभित्रका परम्परागत सोच, ब्यवहार प्रचलन र प्रवृति हटाउन सकेनौ । नेपालमा लगभग ५१ प्रतिशत जनसङ्ख्या महिलाको छ, तरपनि  कुनै न कुनै ठाउँमा अझै उत्पीडन र भेदभावमा छन् । प्राय सवै ठाउँमा असमानता छ ।

संविधानमा महिला र पुरुषलाई समान अधिकार दिइयो तैपनि व्यवहारमा त्यस्तो निर्णयको प्रभुत्व पुरुषमा गायो । त्यस्तै राजनीतिमा पुरुष नेताले संवैधानिक प्रक्रिया पुरा गर्न महिलाको नाम प्रस्ताव गर्छन तर महिला नेतृत्वमा स्थापित भएको हेर्न चाहदैनन् । 

नेतृत्व त्यहा चाहिन्छ जहा उत्पीडन हुन्छ । ग्रामिण क्षेत्रमा महिला उत्पीडन अत्याधिक छ । संविधानले जति नै अधिकार दिए पनि व्यवहारमा लागु हुन सकेको छैन । संघियताले गाउँगाउँमा राजधानी त ल्यायो तर त्यसको अनुभूति गर्न सकेका छैन । 

धेरै छोरी मान्छेले आधारभूत  शिक्षा पुरा गरेपछि आर्थिक अभावका कारण  प्राविधिक शिक्षा र उच्च शिक्षा हासिल गर्न नसकेर विचमै छोड्न वाध्य छन् । हरेक व्यक्तिका लागि उच्च शिक्षा प्राप्त गर्न सक्ने उपायहरुको वैकल्पिक खोजी गर्न राज्य र स्थानीय तहले जरुरी छ । 

प्रत्येक तहमा निर्णय प्रक्रियमा अर्थपुर्ण सहभागिताको प्रत्याभुत गर्न सक्ने वातावरण निर्माण गरियोस् । सवैलाई सीपमूलक तालिमको व्यवस्था गरी रोजगारी सिर्जना गरी आत्मनिर्भर वन्ने वातावरणको सिर्जना गरियोस् । जबसम्म महिलाहरु आर्थिक रुपमा सशक्त हुन सक्दैन तबसम्म समानता र समृद्धिको परिकल्पना पुरा गर्न सकिदैन । 

जिम्मेवारी र अधिकार दिने हरेक क्षेत्रमा उसको योग्यता, क्षमता र योगदानका आधारमा दिइयोस् नकि पारिवारिक सम्बन्ध, व्यक्तिगत नाता, हैसियत, वर्गका  आधारमा । समान समाबेशीकतालाई आत्मसात गर्न जरुरी छ  । सक्षम र सवल शसक्तिकरण यसैमा छ  । पुर्वाधार निमार्णले मात्र विकास र समृद्धि हनै सक्दैन । सवैको धारणा बदल्न जरुरी छ । 

यसै सन्दर्भमा भारतीय मानवअधिकारकर्मी अर्थात नारीवादी अभियान्ता कमला भासिनले भन्नुभएको छ ।“हामीले चाहेको समाज पितृसत्ताको ठाउँमा मातृसत्ता चाहेको  होइन बराबरी चाहेको हो” । चाहे त्यो सत्ता, सम्पति र शक्तिमा किन नहोस । हो हामीले चाहेको समाज पनि यहि हो । 
अन्तमा “महिलाको सम्मान, सुरक्षा र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराको सार्थक कार्यन्वयन गर्न सबै पक्षबाट सबल उर्जा मिलोस् शुभकामना !! 
रावल पत्रकार महासंघ बाजुराका सदस्य र प्रेस संगठनका प्रदेश सदस्य हुन् । 



सोमबार २४, फागुन २०७७ ०७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.